arrow

सरकारले तोक्यो प्रदेश प्रमुख, कुन् प्रदेशमा को ?

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
PMO.JPG

काठमाडौं । लामो प्रतिक्षपछि सरकारले प्रदेश प्रमुख तोकेको छ । वुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका प्रमुख तोकेको हो ।  

पटक–पटकका मन्त्रिपरिषद बैठकले छलफल गरे यसअघि ठ्याक्कै नाम घोषणा हुन सकेको थिएन । सरकारले नाम रिफारिस गरेकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने छन् ।

सरकारले प्रदेश प्रमुख तोकेसँगै  निर्वाचन आयोगलाई प्रदेशसभाको समानुपातिक नतिजा सार्वजनिक गर्न बाटो खुलेको छ । आयोगले प्रदेशसभाको नतिजा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था भएका कारण आयोगले नतिजा रोकेर राखेकाे थियाे ।

प्रदेश सभा सदस्य निर्वाचन ऐनमा सांसदहरुको अन्तिम सूचि सार्वजनिक गरेको मितिले ७ दिन भित्र प्रदेश प्रमुखलाई नतिजा बुझाउनु पर्ने व्यवस्था छ ।


को–को भए प्रदेश प्रमुख ?
प्रदेश नम्बर १–प्रमुखमा गोविन्द सुब्बा
प्रदेश नम्बर २ –रत्नेश्वरलाल कायस्थ
प्रदेश नम्बर ३–अनुराधा कोइराला
प्रदेश नम्बर ४–बाबुराम कुँवर
प्रदेश नम्बर ५ –उमाकान्त झा
प्रदेश नम्बर ६–दुर्गा खनाल
प्रदेश नम्बर ७–मोहनराज मल्ल

संविधानको धारा १६३ अनुसार सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख नियुक्तिको सिफारिस मन्त्रिपरिषदले गरेपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने  र पद तथा गोपनियताको सपथ दिलाइनु पर्दछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलको हैसियतमा आएका पाँचै दलको  सहमतिमा प्रदेश प्रमुख तोेक्ने तयारी गरेपनि वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्र अपजस आउने भन्दै मौन बसेपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालसँग सहमति गरेर प्रदेश प्रमुख तोकिएको हो ।

प्रदेश प्रमुख तोकिएका मध्ये गोविन्द सुब्बा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक छन् । अनुराधा कोइराला समाजसेवी हुन् । उनी माइती नेपालकी अध्यक्ष हुन् । पछिल्लो समय काँग्रेस प्रवेश गरेपछि कोइराला राजनीतिक वृत्तमा पनि चर्चामा आइन् ।

कांग्रेसको भागमा पर्नेमा बाबुराम कुँवर पूर्वमहान्यायधीवक्ता हुन् । खनाल र मल्ल राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । कायस्थ संघीय समाजवादी फोरम र उमाकान्त झा राष्ट्रिय जनता पार्टी राजपाकोे सिफारिसमा परेका हुन् ।

यस्तै, संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशसभाले प्रदेशको राजधानी नतोकेसम्म उपधारा ३ अनुरुप प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान तोक्ने व्यवस्था छ । जुन निर्णय वुधबार बसेको मन्त्रिपरिषदले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ