arrow

प्रदेश प्रमुख तोकिएका कायस्थ को हुन् ?

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
ratneshorlal.JPG

काठमाडौं ।  वुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थलाई प्रदेश प्रमुख तोकेको छ । कायस्थ संघीय समाजवादी फोरम र उमाकान्त झा राष्ट्रिय जनता पार्टी राजपाको सिफारिसमा परेका हुन् ।

कायस्थ पूर्वकृषि सचिव हुन्। महोत्तरीका स्थायी वासिन्दा कायस्थ जलस्रोतविद् हुन्। उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन्। कायस्थ संघीय समाजवादी फोरमको समानुपातिक सांसदका उम्मेदवार थिए।

सन् १९४४ मे ३ मा महोत्तरीको  जलेश्वरमा जन्मिएका कायस्थाले १९५९ मा  ल.च.मु. उच्चाङ्गल माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी. पास गरेका हुन् । उनले १९६१ मा  त्रीचन्द्र कलेजबाट आई.एस्सी. ई. प्रथम श्रेणीमा र इम्पेरियल कलेज, लण्डनबाट  एम.एस्सी. उत्तीर्ण  गरेका छन् ।

कायस्थ वि.स. २०२१ साल देखि २०५८ साल सम्म नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी) भई सेवा निवृत्त भएका हुन्  ।  उनले नेपाल सरकारबाट सेवा निवृत्तभए पश्चात नेपाल विद्युत प्राधिकरणको र नेपाल ईन्जिनियरीङ काउन्सिलको बोर्ड मेम्बर भई सेवा प्रदान गरेका छन् ।
   
२०६३ देखि मधेशी जनअधिकार फोरम, नेपालको केन्द्रीय सचिव भएका उनि २०६४ सालमा  राष्ट्रिय योजना आयोगको सदस्य भए । २०७२ साल देखि सङ्घीय समाजवादी फोरम, नेपालमा केन्द्रीय सचिव रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ