arrow

के अब महराले अाठाैं प्रदेशकाे लागि आन्दोलन गर्लान् ?

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
krishna-bdr-mahara-new.jpeg

काठमाडौं । नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले गत पौष ५ गते दाङमा आयोजित एक कार्यक्रममा ऐतिहासिक भाषण दिएर आए । आफूलाई मत दिएर पठाएका मतदाताहरुले खोजे अनुसारको भाषण गर्ने क्रममा महराले दाङमा प्रदेश राजधानी नभए बरु अर्को प्रदेश स्थापना गर्ने तर दाङ राजधानी भएरै छाड्ने अभिव्यक्ति दिएका थिए । 

तत्कालीन समयमा चर्चामा रहेको राष्ट्रिय सभा, पार्टी एकीकरण लगायतका बारेमा भाषण गरिसकेपछि महराले प्रदेश न्र ५ को राजधानी दाङ नै हुनुपर्ने भन्दै यदी त्यस्तो भएन भने मुलुकमा आठौ प्रदेशको लागि आन्दोलन सुरु हुने भनेर घोषणा समेत गरेका थिए  । उनको यो भाषणले राजधानीको लागि लामो समयदेखि विभिन्न चरणको आन्दोलनमा रहेका दाङबासीहरुमा नयाँ जोस भरिएर आयो । 

यो पनि पढ्नुहोस् : प्रदेश ५ को राजधानी दाङ हुन्छ नभए अर्को प्रदेश बनाइन्छ : महरा

मुलुकको पटकपटक उपप्रधानमन्त्री बनिसकेका, तेस्रो पार्टीका प्रभावशाली नेताले बोलेको यो अभिव्यक्तिमा सरकाले बुटवललाई अस्थायी राजधानी नतोकेसम्मको लागि मात्रै रह्यो । सरकारले सबै दलका नेताहरुसँग छलफल गरेर नै यो निर्णय गरेकोले यही अस्थायी राजधानीले स्थायित्व पाउने सम्भावना बढी देखिन्छ । अस्थायी राजधानी बुटवललाई तोकिएसँगै अब महराको एउटै विकल्प प्रदेशको दुई तिहाई बहुमतबाट केन्द्र सरकारको यो निर्णय उल्टाउनु हुन्छ । यो परिणाम पनि महराको पक्षमा भन्दा पनि बुटवलकै पक्षमा हुने देखिन्छ । एमालेका दुई प्रभावशाली नेताहरु विष्णु पौडेल र घनश्याम भुसाल रुपन्देहीका सांसद् हुन् । यस्तो अवस्थामा एमाले पार्टीकै एजेण्डा रुपन्देहीलाई नै प्रदेश राजधानीको रुपमा मान्ने हुने सम्भावना धेरै देखिन्छ । एमालेले रुपन्देही स्वीकार गर्दा महरा एक्लैको बलले रुपन्देहीबाट राजधानी दाङ जाने सम्भावना देखिँदैन । 

अर्काे तर्फ एमाले र माओवादीको एकताका विरोधी भनेर चिनिएका महरा र एकताको सूत्राधार भनेर चिनिएका विष्णु पौडेलबीचको यो प्रतिस्पर्धामा पासा पौडेलकै पक्षमा पल्टिने सम्भावना देखिन्छ । भन्नुको अर्थ प्रदेश राजधानी दाङ भन्दा पनि रुपन्देही नै हुने देखिन्छ । 

यही यथार्थ बुझेर नै अस्थायी राजधानी तोक्दैमा मुलुकका अन्य विभिन्न स्थानमा जस्तै दाङमा पनि चिन्ता र आक्रोश चुलिएको छ । आठौं प्रदेशको धम्की दिएर आफूहरुको मागमा समर्थन जनाएका महराको चेतावनीले काम नगरेपछि दाङबासीहरु अहिले महराको एक्सनको प्रतिक्षामा छन् । उनीहरुले दाङलाई नै प्रदेश राजधानी तोक्ने विषयमा महराको कठोर कदमको अपेक्षा राखिरहेका छन् । महराले पौष ५ गतेको उक्त भाषणमा भनेका थिए – प्रदेश नम्वर ५ को राजधानी दाङ हुन्छ यदि त्यो भएन भने अर्को प्रदेश थपेर भएपनि राजधानी बन्छ बन्छ । तपाईहरु ढुक्क हुनुहोस्।’उनले दाङको भालुवाङ्ग होस वा हापुरे जहाभएपनि राजधानी दाङमा हुने बताएका थिए । 

महराले सरकारले राजधानी घोषणा भइसकेपछि  सरकारको यो निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले बुधबार प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलितरुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको उल्लेख गरेका छन् । 

नेता महराले प्रशासन पुनःसंरचना आयोगको सिफारिश, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको आरोप लगाएका छन् । महराले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुलित हुनुपर्दछ भनि त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्छु भन्दै सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गरेका छन् । 

तर उनको यो वक्तव्यमा आठौं प्रदेशको बारेमा भने कुनै कुरा उल्लेख गरिएको छैन । उनले आफ्नो पूर्व घोषित अभिव्यक्ति अनुसार आठौं प्रदेशको लागि आन्दोलन सुरु गर्लान् सक आफूले जोशमा आएर नसकिने कुरा बोलेकोमा दाङबासीसँग माफी माग्लान् ? त्यो भने महराकै विवेकमा भर पर्ने कुरा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ