arrow

प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकिएपछि वुटवलमा भव्य स्वागत

काँग्रेस रुपन्देहीसँगै उपमहानगरले पनि गर्‍यो स्वागत

logo
प्रदिप आचार्य,
प्रकाशित २०७४ माघ ३ बुधबार
butwal-welcome-candel-light.jpg

बुटवल । सरकारले रुपन्देहीलाई पाँच नम्वर प्रदेशको अस्थायी राजधानी तोकेपछि राजनीतिक दलका स्थानिय दलका नेता कार्यकर्तादेखि समाजका विभिन्न क्षेत्रका नागरिकहरुले स्वागत गरेका छन्। 

नेपाली काँग्रेस रुपन्देहीले सरकारको निर्णयको स्वागत गरेको छ । जिल्ला सभापती अब्दुल रज्जाकले एक विज्ञक्ती जारी गरि सरकारको निर्णयको स्वागत गरेका हुन्। 

नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको निर्णयले रुपन्देही तथा लुम्बिनी अञ्चलवासीका लागि न्याय गरेको भन्दै काँग्रेस कार्यकर्ता तथा सर्वसाधारणहरुलाई घरघरमा दिपावली गर्न पनि आग्रह गरिएको छ । 

प्रशस्त पुर्वाधार विश्व शान्तिको मुहान लुम्बिनी रुपन्देही जिल्लामै रहेकोले पाँच नम्वर प्रदेशको राजधानी रुपन्देही हुन अत्यन्तै व्यवहारिक रहेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनका लागि नेपाली काँग्रेसले कुनै कसर वाँकी नराख्ने भन्दै त्यसका लागि पनि अव बन्ने प्रदेश सभामा दवावमुलक भुमिका खेल्ने रज्जाकले विज्ञप्ती मार्फत व्यक्त गरेका छन्। 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर वहादुर देउवा तथा मन्त्रीपरिषदका सदस्यहरु लगायत रुपन्देहीमै राजधानी बनाउनका लागि निरन्तर भुमिका खेल्ने काँग्रेसका नेताहरुलाई धन्यवाद व्यक्त गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

उपमहानगरपालिकाद्धारा सरकारलाई धन्यवाद
बुटवल उपमहानगरपालिकाले सरकारले बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेकोमा धन्यवाद व्यक्त गरेको छ । 

नगरप्रमुख शिव सुवेदीले बुधबार विज्ञप्ती जारी गरी सरकारप्रति धन्यवाद व्यक्त गरेको छ । 

बुटवललाई प्रदेश राजधानी बनाउन पहल कदमी लिने सबै राजनीतिक दलहरु, जनप्रतिनिधि, सामाजिक संघ संस्था तथा रुपन्देहीबासी एव उपमहानगरवासी र प्रदेशनम्बर धन्यवाद व्यक्त गर्दछु सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ