arrow

प्रदेश नम्वर ७ का प्रमुख मोहनराज मल्ललाई चिन्नुस, को हुन उनी?

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ माघ ४ बिहिबार
mohan-raj-malla.jpg

कैलाली । कैलालीका पुराना राजनीतिज्ञ ६८ बर्षिय मोहनराज मल्ल प्रदेश नम्वर ७ का प्रमुख बनेका छन् । 

चार दशकभन्दा बढी समयदेखि कैलालीमा राजनीति गर्दै आएका राष्ट्रिय पञ्चायतका पूर्व सांसद मल्ल नेपाली काँग्रेसका महासमिति सदस्य हुन् । उनी २०३७–२०४६ सम्म राष्ट्रिय पंचायत सदस्य थिए ।

२१ बर्षको उमेरबाटै राजनीतिमा होमिएका मल्लले २०२८ सालमा कैलालीकै पण्डौन गांउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएको अनुभव बटुलेका छन् ।

नैतिकता र आदर्शको राजनीति गर्ने नेताकारुपमा परिचित मल्ल पञ्चायतकालमा पनि कुनै विवादमा नमुछिएका निस्कलंक राजनीतिज्ञ हुन । 

पञ्चायत र पछिल्लो पटक राप्रपाको राजनीतिमा सक्रिय मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

कैलालीको भजनीनगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर हुन । उनले स्तात्तकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । 

मल्लले बिद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका हुन ।

मल्लले अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी, चीन, रुस, थाईलैण्ड, सिंगापुर, मेक्सीको, क्युवा, फिनल्याण्ड, जापान, उत्तरकोरिया, साईप्रस, संयुक्त अरब ईमिरेट, कुवेत, चेकोस्लाभिया, हंगेरी, पोलेण्ड, बुल्गेरिया र स्विजरल्याण्ड लगायतका मुलुकको पनि भ्रमण गरिसकेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ