arrow

प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनाल को हुन् ? 

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
durga-keshar-khanal-provence6.jpg

काठमाडौं । प्रदेश नम्बर ६ का प्रदेश प्रमुख सुर्खेतका दुर्गाकेशर खनाल बुद्दिजीवीमा पर्छन् । पञ्चायती शासनकालमा उनले नेपाली काँग्रेसको राजनीति गर्दथे । उनी शिक्षण पेशामा थिए । बहुदल आएपछि उनी कांग्रेसबाटै राष्ट्रिय सभा सदस्य बने । 

उनी नेपाली लोकतान्त्रिक आन्दोलनका अविचलित सशक्त योद्धा मानिन्छन् । 

उनी प्रधानमन्त्री शेरबहादुर देउवाका विद्यार्थीकालका समकालीन साथी हुन् । 

त्यसैगरी काँग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले खनाललाई विद्यालय शिक्षाकालका गुरु भएको बताएका छन् । 

खड्काले आफ्नो फेसबुक पेजमा ‘विद्यालय शिक्षाकालका मेरा पुजनिय सुयोग्य गुरु, मेरो बाल्यकालको राजनितिक जिवनका पथप्रदर्शक श्रदेयः दुर्गाकेशर खनालज्यु संघिय,लोकतान्त्रिक,गणतन्त्रनेपालको प्रदेश नं ६ को ऐतिहासिक प्रथम प्रदेशप्रमुखको पदमा नियुक्तिका लागि काङ्ग्रेस सभापति तथा सम्माननिय प्रधानमन्त्रि शेरबहादुर देउवाको नेतृत्वको मन्त्रिपरिषदको निरर्णय बाट सिफारिस हुनुभएको अपारखुसिको ऐतिहासिक क्षणमा आदरर्णिय गुरु दुर्गाकेशर खनालज्युमा हृदयदेखिनै हार्दिक बधाई अर्पण गर्दछु।’ भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ