arrow

को हुन् प्रदेश ४ का प्रमुख बाबुराम कुँवर ? 

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
babu-ram-kunwar1.jpg

काठमाडौं । सरकारले बुधबार प्रदेश नम्बर ४ को प्रमुखमा बाबुराम कुँवरलाई सिफारिस गरेको छ । सिफारिसमा परेका बाबुराम पेशाले न्यायकर्मी हुन् । 

उनी पूर्वमहान्यायाधीवक्ता हुन् । उनी तत्कालीन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका महान्यायाधीवक्ता थिए । 

प्रदेश नम्बर ५ अन्तर्गतको अर्घाखाँची जिल्लाका कुँवरले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नाम पारित भएपछि प्रदेश ४ को अस्थायी राजधानी पोखरा रहेर आफ्नो कार्यभार सम्हाल्ने छन् । 

बरिष्ठ अधिवक्ता कुँवर पृथ्वीनारायण क्याम्पस पोखरामा कानुन विषयको पहिलो ब्याचका विद्यार्थी हुन् ।

पृथ्वीनारायण क्याम्पसमा ०३४/३५ सालमा कानुन विषय पढेका कुँवरले झन्डै ३० वर्षदेखि काठमाडौंमा वकालत गर्दै आएका थिए ।

कुँवर नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्व अध्यक्ष हुन् ।

उनले संवैधानिक विवाद्सम्बन्धी मुद्दामा लामो समयदेखि बहस गर्दै आएका उनी फौजदारी कानुनका जानकार हुन्।  

पोखरा पाँच विकास क्षेत्र हुँदाको पश्चिमाञ्चलको मुकाम थियो ।  (यसअघि भूलवश तस्वीर अर्कै पर्न गएकामा क्षमाप्रार्थी छौं)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ