arrow

बुहारी कुट्ने ससुरा प्रहरीको आँखा छली बेपत्ता

प्रहरीले बेपत्ता पारेको आफन्तको आरोप

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ माघ ४ बिहिबार
bepattya.jpg

बझाङ। जिल्लाको थलारा गाँउपालिकाका प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति बेपत्ता भएका छन् । बुहारीसँग झगडा गरेको आरोपमा पक्राउ परेका थलारा गाँउपालिका २ का कालिभान खड्का बुधबार राती ९ बजे देउरा नजीकै रहेको सेती नदीको किनाराबाट बेपत्ता भएका हुन् ।
 
बुहारी हिउकला खड्काले ससुरा कालीभान खड्काले अनावश्यक झगडा गरि आफुलाई दुख दिने गरेको भन्दै प्रहरी चौकी देउरामा उजुरी दिएपछि प्रहरीले कालीभानलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले कालीभानलाई नियन्त्रणमा लिएर प्रहरी चौकी देउरा ल्याउदै गर्दा थलारा गाँउपालिका र केदारस्यूँ गाँउपालिका जोड्ने देउरा नजिकै सेती नदीको किनारामा पिसाब गर्ने निउमा भागेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सई रामसिंह बोहराले बताए ।

उनले भने  ‘प्रहरीले ससुरा बुहारीको झगडा हो गाँउ मै मिलाउन खोजेको रहेछ तर उनकी बुहारी हिउकला खड्काले गाँउमा नमिल्न चाहेपछि उनलाई राती नै गाँउबाट प्रहरी चौकी ल्याउन खोजिएको रहेछ’ ।

थालारा गाँउपालिका २ बगाडाबाट झण्डै दुई घण्टाको ओरालो बाटोमा हिडेर आएपछि रेगम जिउला नजीकै सेती नदीको किनारामा पिसाबले च्याप्यो पिसाब फेर्छु भन्दै फरार भएपछि राती भएका कारण प्रहरीले खोजे पनि  नभेटाएको प्रहरीको भनाई छ ।
 
बेपत्ता भएका खड्काको चप्पल सेती नदीमा तैरि रहेको अबस्था भेटिएपछि खड्काले हाम फालेको हुन सक्ने स्थानियबासीको आशंका छ। तर खड्काका आफन्तहरुले प्रहरीले कालीभानलाई मारेर बेपत्ता बनाएको आरोप लगाएका छन् ।अहिले खड्काको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ