arrow

दाङ राजधानी नतोकिएपछि गिरीद्वारा पार्टीको बैठक बहिष्कार

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
deepak-giri-ministor.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले दाङलाई पाँच नम्बर प्रदेशको अस्थायी राजधानी नतोकेको प्रति घोर आपत्ति जनाउँदै केन्द्रिय कार्यसमितिको बैठक बहिष्कार गरेका छन् । विहीबार बसेको केन्द्रिय कार्य समितिको बैठकमा आफ्ना कुराहरु राख्दै आफूले बैठक बहिष्कार गरेको उनले बताए ।

 आफ्नै पार्टी नेतृत्वको सरकारले संघियताको मर्मको उल्लंघन गर्दै गरेको अविवेकी निर्णप्रति आपत्ति जनाउँदै बैठकस्थलबाट बाहिरिएको गिरीले जानकारी दिए । ‘मैले आफ्ना धारणा प्रष्टरुपमा कडा शब्दमा राखेको छु, संघियताको मर्म विपरित अस्थायी मुकाम तोकिएको प्रति मेरो घोर आपत्ति भएको कुरा राख्दै म बैठक स्थलबाट बाहिरिएको हुँ’।

गिरीले भने, ‘भौगोलिक हिसाबले समदुरी पर्ने, सबैलाई पायक पर्ने ठाउँ, भौतिक पूर्वाधारयुक्त र सरकारले गठन गरेको प्राविधिक विज्ञ टोलीले सबैभन्दा उपयुक्त भनेको ठाउँलाई प्रदेश राजधानी नतोक्दा थारु बाहुल क्षेत्र दाङ्ग, बाँके र बर्दियाली जनताको घोर अपमान गर्ने अधिकार कसैलाई छैन भन्ने कुरा राखेर म निस्किएँ ।’ उनले विपी कोइरालाले जन्माएर हुर्काएको पार्टीको आफू कार्यकर्ता भएकाले यस्तो अविवेकी र अन्यायपूर्ण निर्णय कसरी भयो भन्ने प्रश्न बैठकमा गरेको बताए ।

 उनी बैठक स्थलबाट बाहिरिएपछि प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बोलाएर अहिलेलाई प्रदेश सभा सदस्यको सपथ ग्रहणका लागि मात्र अस्थायी मुकाम तोकेकाले नआत्तिन आग्रह गरेपनि आफू त्यसमा आश्वस्त नभएर बैठकस्थलबाट हिंडेको गिरीले बताए । सरकारलाई  तत्काल निर्णय सच्याउन उनले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ