arrow

कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा, देउवाको पुत्ला दहन

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ ४ बिहिबार
doti_news1.jpg

डोटी । सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेपछि डोटीमा नेपाली कांग्रेससँग आवद्ध जिल्लाका नेता कार्यकर्ताहरुले कुनै पनि पदमा नरहनेगरी सदस्यता त्यागेका छन् ।

पार्टी कार्यकर्ताले कांग्रेसको पार्टी कार्यालय डोटीमा कालो झण्डा राखेका छन् । आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको र प्रधानमन्त्री नै आफ्नै पार्टीको केन्द्रीय सभापति रहेको बेला डोटेली माथि अन्याय भएको भन्दै काँग्रेसको जिल्ला कार्यसमितिको कार्यालयमा पार्टीको झण्डाको सट्टा कालो झण्डा झुण्ड्याइएको हो ।

दिपायल सिलगढी नगरपालीकाका नगर सभापति गणेश मलासीले, ‘अहिलेको सरकारले डोटीको अधिकार खोसेको छ । डोटीको ईतिहास मेटाउने काम गरेकोले पार्टीमा बसिरहनुको कुनै औचित्य छैन’ भने ।

आन्दोलकारीले सरकारविरुद्ध डोटीका विभिन्न स्थानहरुमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाकोे दिपायल, सिलगढी र जिल्ला विभिन्न स्थानहरुमा पुत्ला दहन गरेका छन् ।

नेपाली कांग्रेस डोटीले पनि नेपाली कांग्रेसको झण्डा ओडाएर प्रधानमन्त्री देउवाको शव भन्दै सरकारविरुद्ध नाराबाजी गरे । प्रदर्शनकारीले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेट अघि पुत्ला दहन गरेको छ ।

सरकारले सुनेन हामीलाई भेडा बाख्रा जस्तै मान्यो अब हामी सरकारका विरुद्ध जुनसुकै अवस्थामा पनि उत्रिन तयार हरेका संघर्ष समितिका संयोजक एवं डोटी उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष नरेन्द्र खड्काले, भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ