arrow

वीरगन्जलाई राजधानी घोषणा नगरे अनिश्चितकालीन बन्द गर्ने चेतावनी

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ ४ बिहिबार
birgunj_(4).jpg

वीरगन्ज।  जनकपुरलाई प्रान्तको अस्थायि राजधानी तोकिएको विरोधमा र प्रदेशिक राजधानी वीरगन्जको माग राख्दै बिहिवार वीरगन्ज बजार बन्द भएको छ । वीरगन्ज राजधानी संर्घष समितिको आह्वानमा बजार, यातायत,उद्योग, वितिय संस्था, विद्यलाय सबै भन्द भएका छन् ।  बन्दलाई सफल बनाउन विहानै देखी आन्दोलनकारीहरु वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवा, इनर्वा लगायतका चोकमा टायर वाली  प्रदर्शन गरि रहेका छन् ।

 बन्दको कारण  सर्वजनिक तथा निजी यातायात, बजार, उद्योग वितिय संस्था, विद्यलाय बन्द गराएपछि  यसको प्रभाव सर्वसाधारणको दैनिकिमा परेको छ । प्रदेश २ को अस्थायि राजधानी जनकपुर तोकिएको विरोधमा संघर्ष समितिले आजको  एक दिने वीरगन्ज बन्द आवह्वान गरेको हो ।

  संर्घष समितिले आह्वान गरेको बन्दको कारण वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि संचालन हुने लामो तथा छोटो दुरीका सर्वजनिक सवारी साधान संचालन हुन नसकेपछि वीरगन्जको बसपार्कमा यसकडौ यात्री अल्पत्र परेका छन् ।

 बन्द अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघर चोकमा आन्दोलनकारीले आधादर्ज सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । आन्दोलनकारीले २ वटा  कार र ४ वटा तीन पाङ्ग्रे इरिक्सामा तोडफोड गरेको प्रहरीको भनाइरहेको छ ।

एम्बुलेन्श, बारुणन्त्र, पर्यटक सवार वाहन, संचार माध्यमका सवारी साधन, मोटरसाईक,साईकल बाहेका सबै सवारी साधान संचालनमा रोक लगाइएको वीरगन्ज राजधानी संर्घष समितिका सहसंयोजक राजकुमार गुप्ताले जानकारी दिए । उनले जनकपुरको तुल्नमा सुविधान सम्पन्न रहेको वीरगन्जलाई प्रान्तिय राजधानी घोषणा नगरे सम्म आन्दोलनलाई जारी राखिने दावी गरे।

राजधानीकालागि उपयुक्त पुर्वधार रहेको वीरगन्जमा राजधानी नतोकिए संर्घषका कार्यक्रमलाई सशक्त बनाउदै लैजाने जानकारी दिदै सहसंयोजक गुप्ताले एक दिने बन्द चेतावनीको रुपमा रहेको र मागलाई सम्बोधन नगरे यो बन्दलाई अनिश्चितकालिन गर्ने चेतावनी दिए । उनले वीरन्जलाई राजधानी बनाउने पक्षमा २ नं. प्रदेशको ८ जिल्ला मध्य बारा, पर्सा,रौतहट, सर्लाही रहेपनि केही व्यक्तिकै लागी जनकपुरलाई प्रादेशिक राजधानी बनाउन खोजिएको आरोप लगाए ।

बन्दको क्रममा आन्दोलनकारीबाट हुन सकिने जन धनको क्षतीलाई रोकन वीरगन्जको चोक चोरकमा उलेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका सहभायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ