arrow

बिरामी बोकेको एयर एम्बुलेन्स दुर्घटनामा पाँचको मृत्यु

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
chopper-crash.JPG.jpeg
अस्ताना (कजाखस्तान) । एकजना बिरामी बालिका बोकेर अस्पताल लैजाँदै गरेको हेलिकोप्टर दुर्घटनामा परेको खबर छ । कजाखस्तानमा भएको सो दुर्घटनामा परी ती बालिकासहित त्यसमा रहेका पाँच जनाको ज्यान गएको छ । रक्त क्यान्सर लागेकी ती बालिकालाई आकस्मिक रुपमा अस्पताल पुर्‍याउन सो हेलिकोप्टरलाई एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको थियो । 
 
बिहीबार काजखस्तामा सो दुर्घटना भएको हो । सो हेलिकोप्टरमा रहेका चिकित्सक, हेलिकोप्टर चालक, ती बिरामी बालिका र उनकी आमाको शव भेटिएको बताइएको छ । दक्षिणी कजाखस्तानको एक अस्पतालमा लैजाँदै गरेको अवस्थामा अस्पतालबाट निकै पर रहेको अल्माइटी क्षेत्रमा सो हेलिकोप्टर हराएको थियो । 
 
बिहीबार बिहानैदेखि हराएको सो हेलिकोप्टरको खोजीका क्रममा अपरान्ह दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हुस्सुका कारण हेलिकोप्टरको खोजीका लागि निकै गाह्रो भएको बताइएको थियो । हुस्सु हटेपछि गरिएको खोजीमा ती शव भेटिएका हुन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ