arrow

आरजु केन्द्रीय अध्यक्ष रहेको एनजीओमा तोडफोड गरेर आगो लगाइयो

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ ४ बिहिबार
aarju.jpg

डोटी । प्रदेश ७ को राजधानी दिपायल माग गर्दै आन्दोलित डोटीका स्थानीयले जिल्ला सदरमुकाममा रहेको ग्रामीण विकास तथा महिला एकता केन्द्र (रुडुक)मा तोडफोड गरेर आगो लगाइदिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा केन्द्रीय अध्यक्ष रहेको संस्था भन्दै प्रदर्शनकारीले रूडुकको शाखा कार्यालय डोटीमा तोडफोड गरेका हुन् । उनीहरुले फर्निचर तथा कागजातहरु जलाइदिएका छन् ।

७ नम्बर प्रदेशको राजधानी दिपायलबाट कैलाली खोस्नमा मुख्य हात आरजुकै रहेको भन्दै उनीहरुले प्रधानमन्त्री पत्नीविरुद्ध पनि नाराबाजी गरे ।

प्रदर्शनकारीले जिल्ला सदरमुकाम सिलगढीमै अन्तर्राष्ट्रिय गैर सरकारी सँस्था गुड नेवर्स इन्टरनेशनलको सिलगढीबाट धनगढीका लागि हिँडेका बा ९ च ४५४८ नम्बरको हाईलेक्स गाडी पनि तोडफोड गरेका छन् ।

उनीहरुले एउटा मोटरसाइकल समेत जलाईदिएका छन् । जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला वन कार्यालय डोटीको भीआर बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ