arrow

बलिउड अभिनेत्री श्रद्धालाई प्रभावित गरेको सगुन एप डाउनलोड गर्ने कि? (भिडियो सहित)

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
shradha1.jpg

काठमाडौं। पछिल्लो समय अधिकांश सामाजिक संजाल प्रयोगकर्ता प्रेमि-प्रेमिका, आफन्तवा साथीसँग च्याटमा रमाउँछन्। दुईजनाबीच हुने च्याटमा अधिकांश कुरा गोप्य हुन्छन्। ती गोप्य कुरा सबै प्रकारको मेसेन्जरमा भने रेकर्ड भएर बसिरहेको हुन्छ। च्याट गर्ने दुईबीच सम्बन्ध सुमधुर रहुञ्जेल त ठीकै हुन्छ, जव सम्बन्धमा समस्या आउँछ, गोप्य भनिएका कुरा तिनै सामाजिक सञ्जालमा छरपस्ट हुन पुग्छ।

अब सामाजिक सञ्जालमा गरिएका यस्ता कुराबाट डराउनु पर्दैन। ढुक्कसँग आफ्ना गोप्य कुरा च्याटमा गर्न सक्ने वातावरण बनाइदिएको छ सगुनले। तपाईंको गोपनीयतालाई सम्मान गर्दै दुई जनाबीच भएका कुरालाई यसले रेकर्ड नराख्ने सिस्टम बनाएको छ। सगुनको मोवाइल एपमा गरिएको च्याट साथीले पढीसकेपछि आफैं डिलिट हुने भएपछि यसमा नयाँनयाँ प्रयोगकर्ताको आकर्षण बढ्दो छ। पत्याउनु भएन? एक पटक एन्डरोइड मोवाइल भएकाहरुले सगुन एप डाउनलोड गर्नुस्। अनिमज्जाले धितफुकाएर आफ्नो गोप्य कुरा च्याटमा भन्नुस्। तपाइले आफै अनुभुतिगर्न सक्नुहुनेछ।

अमेरिकी सेयर बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्ट फोन कापारखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप दिल्लीबाट सार्बजनिक गरेको छ। उक्त एप बलिउड अभिनेतृ श्रद्धा कपुरले जनवरी ९ मा सार्बजनिक गरेकी थिइन्।

एप सार्बजनिक गरेपछि श्रद्धाले सगुन एप उत्कृष्ट रहेको आफूले पाएको बताइन्। त्यस्तो गजबको एप कसरी डेभलप गर्नुभयो भनेर उनले सगुनका संस्थापक गोविन्द गिरीलाई सोधिन्।

जवाफमा गिरीले सामाजिक सञ्जालका क्षेत्रमा देखिएका समस्याहरुलाई कसरी कम गर्न सकिन्छ भनेर योग तथाध्या नगर्दा यो नयाँ प्लेटफर्मको सोच आएको बताए। गिरीले योगको प्रसंङ उठाउने वित्तिकै श्रद्धाले सन् २०१८ को आफ्नो न्यू एयर रिजोलुसन सम्झिइन्। उनले भनिन्, ‘म पनि अब ध्यान गर्छु। यसै बीचमा कार्यक्रम सञ्चालन गरि रहेकी अर्की कलाकार मन्दिरा वेदीले भनिन, ‘श्रद्धा तिमिलाई योग गर्ने आफ्नो दैनिकी सम्झाउन अब सगुनले सहयोग गर्छ। सगुनको माइ डे भित्र रहेको रिमाइन्डर तिम्रो लागिकाम लाग्छ।’

श्रद्धाले आफूले सगुनको राम्रा फिचरहरुलाई आफ्नो दैनिकीमा प्रयोग गर्ने बताइन्। उनले आफूले सगुनको एप्स डाउनलोड गरेको बताइन्। अरुलाई पनि डाउनलोड गर्न उनले आग्रह गरिन्। सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो। यस एप पठाइने फोटो, टेक्स्ट, भिडियो लगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुन्छ।

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ। आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सनयसमा छ। यसले तपाईकाप्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यहीएपले गरिदिन्छ। यसमा दैनिक सेड्युलवा साप्ताहिक सेड्युल बनाउन सकिन्छ।

अलइनवन एप जस्तै रहेको यस एप माग्रिटिङ एप, क्यालेन्डर, मुड टक लगायतका फिचर छन्। एक पटक एप डाउनलोड गरेर प्रयोग गरेपछि मात्र यसलाई चलाउनुको मज्जा प्रयोगकर्ताहरुले थाहा पाउने छन्। तपाईं पनि एक पटक सगुनको एप डाउलोड गरेर यसको अनुभव गर्नेकी।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ