arrow

धमाधम हराएका सीमा स्तम्भ खोज्दै सर्भे टोली

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ ४ बिहिबार
junge_piller.JPG

बिचफाँटा कञ्चनपुर । सीमा बिवादको चर्को मार खेप्दै आएको कञ्चनपुरको दक्षिणी भेग पुनर्वास स्थित बिचफाँटा नेपाल-भारत सीमामा स्तम्भहरुको अबस्थाको पुर्व सर्वेक्षण कार्य संयुक्त टोलिले काम थालेको छ । कञ्चनपुर जिल्लाको पुर्वी दक्षिणी भेग स्थित डोकेबजारमा रहेको सिमा स्तम्भ नम्बर ७७१ बाट सुरु गरिएको सीमा सर्वेक्षणको कार्य पुनर्वास नगरपालिका ८ को मोतियाफाँटा स्थित नेपाल-भारत सीमा स्तम्भ नम्बर ७६६ सम्मको सीमाको अबस्थाको अनुगमनका साथै सर्वेको काम बिहिवार सम्म गरिएको छ ।

पुनर्वासको बिचफाँटा स्थित नेपाल भारत सीमाको सर्वेक्षण मा खटिएका सर्वे नेपाली टोलीका प्राबिधिक पुर्ण बहादुर खड्काले  भने" यहाँको सीमा क्षेत्रको अनुगमन,स्तम्भहरुको अबस्था र पुर्व सर्वेक्षणको काम नेपाल-भारत सीमा सर्वे टोलीले गरिरहेको छ ।"यस क्षेत्रको सीमा ,स्तम्भहरुको अबस्था अध्ययन गरि हराएका वा जे जस्तो स्थितिमा देखिन्छ त्यसको प्रतिबेदन प्रतीबेदन माथिल्लो निकायमा बुझाउने सीमा सर्वे टोलिका नेपाली प्राबिधिक खड्काले बताए 

यस क्षेत्रमा २०६०/०६१ देखि साबिक जंगे पिलर नम्बर १९५  देखि ५०० मिटर नेपाली भुमीमा ७६१/१ नम्बर पिलर खडा गरिए पछि सीमाको बिवाद सुरु भएको थियो । सोही समयमा जंगे पिलर १९४ देखि पश्चिम तर्फ ७६१/१,७६१/२,७६२,७६३,७६४,७६५ र ७६६ नम्बरका सीमा स्तम्भ कायम हुँदा सो क्षेत्रको प्यारताल सहित १ हजार भन्दा बढी नेपाली भुमी भारत तर्फ देखिए पछि स्थानीयले अतिक्रमणको बिरोध गरेका थिए । आक्रोशित बनेका स्थानियले २०६२ जेठमा  नेपाली भुमीमा गाढिएका सीमा स्तम्भहरु ढालेका थिए । 

जिल्लाको दक्षिण भेगमा रहेको पुनर्वास स्थित बिचफाँटा,धनसिंगा र मोतियाफाँटामा बिगत १४ वर्ष देखि सिमाको बिवाद रहदै आएको थियो । सर्वे टोलिले मिसिङ पिलर भन्दै आएको १९५ नम्बरको जंगे पिलर यथा स्थानमै ढलेको अबस्थामा रहेको छ । उक्त स्तम्भलाई कायम नगरे सम्म यस क्षेत्रमा देखिएको सीमा बिवाद सुल्झने छैन अझ समस्या बल्झाउने बताउछन् सो सीमा क्षेत्रका जानकार कुबेर नाथ उनी भन्छन् "जब सम्म स्तम्भ नम्बर १९५ को खोजी र त्यसलाई कायम गरिदैन तब सम्म यहाँको सीमाको बिवाद सुल्झिदैन । सो पिलरलाइ मिसिङ मान्दा नेपालको सामरिक महत्वको ताल प्याराताल सहित हजारौं बिगाहा जमिन भारतीय अतिक्रमण हुनेछ । 

सोही क्षेत्रको सिमा स्तम्भ नम्बर २०० नजिक नेपाली भुमीमा पुनर्वास नगरपालिकाको बजेटमा काँक्रेतालमा कल्भर्ट बनाउने क्रममा गत वर्ष भारतीय एसएसबीले अबरोध गर्दा प्रतिकार समेत भएको थियो । भारतीय पक्षले गरेको अवरोधको बिरोधमा नेपाली जनताले गरेको प्रदर्शनमा एसएसबीले गोलि चलाउदा स्थानीय गोबिन्द गौतमको ज्यान गएको थियो । पुनर्वासको आनन्दबजार र भारतीय बजार बसही बीच रहेको तर हाल गायब अबस्थामा रहेको सीमा स्तम्भ नम्बर २०० को खोजी र यथास्थान मा कायम नभए सम्म नेपाल भारत सीमाको हल ननिस्कने स्थानीयहरु बताउछन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ