arrow

शहीद दिवसको अवसरमा क्रिकेट

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ माघ ४ बिहिबार
cricket_news1.jpg

पुनर्वास । शहीद दिवसको अवसरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा तेस्रो लालझाडी कप टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक लालझाडी युवा क्लब-११ ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराएको हो । आयोजकका अनुसार पुनर्वास नगरपालिका ११ स्थित राष्ट्रिय माविको खेल मैदानमा माघ १० गते देखि २० गते सम्म खेल सञ्चालन हुने छ । प्रतियोगिता टि ट्वान्टी फरम्याटमा हुने जनाईएको छ । 

१० दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भारतका गरी १६ टिमको सहभागिता रहने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार २५ हजार, म्यान अफ द सिरीज १ जनालाई ५ हजार, उत्कृष्ट ब्याट्सम्यान, वलर, फिल्डर र विकेट किपरलार्इ जनही ३–३ हजार प्रदान गरिने छ । कञ्चनपुरको दक्षिणी भेगमा यो पुरस्कार राशी अहिलेसम्मकै बढी राशीको रहेको छ । 

यस्तै म्यान अफ द म्याच हुने खेलाडीले १ हजार नगद तथा ट्रफी र पाउने छन् ।  लालझाडी कपको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्च्ल एकेडेमी र सहप्रायोजक भुमिइटा उद्योग र वावु अटोसेल्स अत्तरीया रहेको जनाइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ