arrow

नर्स र सरकारबीच ११ बुँदे सम्झौता (पत्रसहित)

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
Narsing_1_UCd4RIGevN1.jpg

काठमाडौं । सरकार र आन्दोलनरत नर्सहरुबीच बिहीबार ११ बुँदे सहमति भएको छ । गत पौष २६ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ संघ र सरकारबीच बिहीबार राती सम्झौता भएको हो।

साउन ३ देखि मानव अंग प्रत्यारोपणकेन्द्रबाट करार सेवामा रहेका दुई जना स्टाफ नर्सहरू त्रजिना जति र सजना द्धौलालाई प्रक्रिया नपुगी निष्काशन गरिएको विषयलाई लिएर नर्सहरु विभिन्न चरणका आन्दोलनमा थिए । बिहीबार भएको सम्झौता अनुसार उक्त मितिदेखि हालसम्मको अवधिका लागि निजहरूले यसअघि खाईपाई आएको मासिक तलब स्केलको ७५ प्रतिशतले हुन आउने रकम उपलब्ध गराउन सिफारिस गर्ने सहमति भएको नर्सिङ संघले जनाएको छ । 

साथै निज दुवै जना र आन्दोलनरत सपना द्धौलासमेतलाई २४ घण्टाभित्र उक्त केन्द्रको बोर्डको अधिकार क्षेत्रअनुरूप तीन महिनाका लागि करार सेवामा कामकाजमा लगाउन निर्देशन दिन सिफारिस गर्ने सम्झौता भएको छ। 

त्यस्तै, सरकारी सरह निजी स्वास्थ्य संस्थाहरूमा काम गर्ने नर्सिङलगायतका अन्य कर्मचारीहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नेसम्बन्धमा पेसाका लागि आवश्यक सीप, योग्यता र कामको जटिलतालाई आधार मानी नर्स तथा स्वास्थ्यकर्मीहरूको पदको पारिश्रमिक तोक्न एवम् अन्य सुविधा (लुगा भत्ता, रात्रीकालीन भत्ता, हजार्ड भत्ता र बिदा सुविधाको व्यवस्था गर्न एवम् समसामयिक वृद्धि गर्न) पेसागत र व्यवसायी संघ संगठन, निजी क्षेत्र र मन्त्रालयका प्रतिनिधि रहेको सिफरिस कार्यदल निर्माण गरी उक्त कार्यदलबाट प्राप्त सिफारिसलाई आधार मानी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० मा पारिश्रमिकलाई संस्था सञ्चालनका लागि अनिवार्य मापदण्डको रूपमा समावेश गर्ने सहमति भएको छ । 

यस्तो छ नर्स र सरकारबीच भएको सहमति : 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ