arrow

वर्ल्डलिंकको ११ औं सम्पर्क कार्यालय मणिग्राममा  

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
world-link-kiran-gautam.jpg

बुटबल । वर्ल्डलिंक कम्युनिकेशन प्रालिले इन्टरनेटको बिस्तारित सेवासंगै तिलोत्तमा नगरपालिकाको मणिग्राममा ११ औंं सम्पर्क कार्यालय खोलेको छ । 

वर्ल्डलिंकका प्रबन्धक किरण गौतमले रिबन काटेर बिहिबार उक्त कार्यालयको उद्घाटन गरे । वल्र्डलिंकले देशभर ३० वटा शाखा बिस्तारसंगै ११ औं सम्पर्क कार्यालयको स्थापना गरेको हो । 

द्रुतगतिको इन्टरनेट सेवासंगै फाइबर टु दि होम अर्थात एफ टि टि एच प्रबिधिको बिस्तार गर्दै सस्तो इन्टरनेट सेवासंगै डिजिटल टिभी सेवा पनि बिस्तार गरेको वर्ल्ड लिंकले जनाएको छ । 

माघ महिनाभरि नयाँ जडान गर्ने ग्राहकको लागि १० प्रतिशत छुटसहित २ महिना इन्टरनेट निःशुल्क, तार तथा जडान शुल्कमा समेत छुट दिइने बुटवल शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ