arrow

भन्सार परिसरभित्रबाटै सामान हराएपछि.....

logo
ईश्वरदत्त बडू
प्रकाशित २०७४ माघ ५ शुक्रबार
kanchanpur_district_map.png

कञ्चनपुर । प्रदेश नम्बर ७ को पश्चिमी नाकामा भन्सार राजस्व संकलन गर्ने कञ्चनपुरको एक मात्र गड्डाचौकी भन्सार परिसरबाटै मालसमान गायब हुने गरेको खुलासा भएको छ । 

भारतबाट आएको समान चेकचाँचका लागि भन्सार परिसरभित्र राखिएको व्यवसायीको समान गायब हुने गरेको हो । भन्सारकै कर्मचारी र उनी निकट एजेण्डको मिलोमतोमा समान चोरी हुने गरेको स्रोतको दाबी छ । 

भन्सार भित्रबाटै कर्मचारीकै मिलोमतोमा समान गायब भएपछि भन्सारका कर्मचारीको काममा प्रश्न उठेका छन् ।

भारतीय सीमावर्ती बनबासाबाट ट्रान्सर्पोट कम्पनीले महेन्द्रनगरका व्यापारीको सामान भन्सार कार्यालय मार्फत पठाएको सामान व्यापारीले नउठाउदा सम्म भन्सार परिसर भित्र सामान राख्न बनाईएका यार्डहरुमा राखिन्छ, तर भन्सार परिसर भित्रबाटै सामानका पोका काटेर त्यस भित्रको सामान चोरी गरी लैजान लागेको भन्सार कार्यालयकै सिसिटिभि फुटेजमा फेला परेपछि भन्सार परिसर भित्रैबाट समान चोरी भएको खुलासा भएको हो । 

भारतका विभिन्न शहरबाट मालसमान ट्रान्सपोर्ट कम्पनी मार्फत मगाउने गरेको र सो मालसमानकोृ भन्सार राजश्व तिरिसकेपछि कारण वस सामान लैजान सक्ने अवस्था नभए भन्सार कर्मचारीकै रोहवरमा मालसामान भन्सार परिसर भित्र छोडेर जाने गरेको तर कर्मचारीकै लापरवाहिका कारण सामान हराउने र चोरीहुने गरेको स्थानीय व्यापारी महेश राज जोशीले बताए । 

भन्सार कर्मचारीहरुले कार्यालय परिसर भित्र राखेको मालसमान सम्वन्धित पक्ष आएमात्रै जिम्मा लगाउनुपर्ने हो, तर कार्यालयमा कर्मचारीको अभावका कारण व्यवस्थापन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ । 

विगत लामो साय देखि भन्सार परिसरवाट मालसमान को परिमाण कम हुने गरेको भएपनी पछिल्लो समय भने कार्टुन नै गायव हुने हुँदा कार्यालयका कर्मचारीनै सो कार्यमा संलग्न भएको हुनसक्ने भन्दै छनविन गरी त्यस्ता कर्मचारीलाई कार्वाही गर्नुपर्ने अर्का व्यापारी हरकेश विष्टले बताए । 

कार्यालय परिसर बीच भागबाटै सर्वसाधारण आवत जावत समेत गर्ने गरेको र केहि व्यक्तिहरुले व्यापारीको सामान लाई जथाभावि चलाउने र केहिले सामान लगेरै गएको कार्यालयमा रहेको सिसिटिभि फुटेजमा देखिएको छ भन्सार प्रमुख लगायत अन्य कर्मचारीको कार्यकक्षमा लाखौको फर्नीचर र डेकोरेशन गरीएको छ ।

तर करोडौंको मालसमान सुरक्षाका लागी परिसरमा १०–१५ हजारको तारबार सम्म कार्यालयले लगाउन नसकेको भन्दै कर्मचारीकै चरम लापर्वाहीका कारण आफुहरुका मालसमान चोरी हुने गरेको अर्का व्यापारी महेश बोहराले भनाई छ । 

भन्सार कार्यालयको कमिकमजोरीका कारण पछिल्लो समय घटना भएको स्विकार्दै भन्सार कार्यालयको परिसर वरिपरि छिट्टै तारवार लगाउने कार्यका लागी पहल गर्ने र परिसर विचवाटै आवतजावत गर्ने कार्यलाई समेत रोक्ने गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पोख्रेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ