arrow

सशस्त्र प्रहरीको ५ एआइजीका लागि सात भाइको प्रतिस्पर्धा

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
APF.jpg

काठमाडौं। सशस्त्र प्रहरीले एआईजीको बढुवाका लागि जारी गरेको सूचना अनुसार आवेदन दिने अन्तिम म्याद शुक्रबार सकिँदैछ । नेपाल सरकारले थपेको ५ वटा एआइजीको पदको लागि बढुवा गर्न गृह मन्त्रालयले जारी गरेको सूचनाको बिहीबार म्याद सकिएको भएपनि बिहीबार सार्वजनिक बिदा परेका कारण शुक्रबार यसको अन्तिम म्याद रहेको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ । सरकारले गत शुक्रबार सशस्त्रमा एआईजीको दरबन्दी बढाउने निर्णय गरेको थियो ।

गत मंगलबार प्रकाशित सूचना अनुसार अहिले बढुवाको लागि ७ जना डिआइजीहरु योग्य प्रतिस्पर्धीहरु हुन् । सात जना मध्ये छ जनाको अहिले बढुवा हुने भएपनि बाँकी २ जनाको चैतमा नियमित बढुवा हुने सशस्त्र स्रोतले जानकारी दिएको छ । अहिले वरिष्ठता क्रममा हेर्दा सबैभन्दा अगाडि डिआर्इजी जानकी भट्टरार्इ रहेका छन् । पूर्व क्षेत्रीय सशस्त्र प्रहरी प्रमुखको रुपमा अहिले कार्यरत उनी प्रतिस्पर्धी सात डिआर्इजी मध्ये पहिलो नम्बरमा छन् । 

त्यस्तै, दोस्रो तहमा औद्योगिक निर्देशनालयमा कार्यरत निराक्रमविक्रम शाह, तेस्रो बरियतामा सुवोध अधिकारी र चौथो बरियतामा डिआईजी खडानन्द चौधरी रहेका छन् । उनीहरु सबै एकै ब्याचका डिआईजीहरु हुन् । उनीहरुसँगै एआईजीकै लागि उनिहरुभन्दा पछिल्लो ब्याचका डिआईजीहरु सुरज श्रेष्ठ, राजेश श्रेष्ठ र सुरज श्रेष्ठ र बावुराम पाण्डे पनि प्रतिस्पर्धामा छन् । 

उनीहरुमध्ये शुक्रबारसम्म बढुवाका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयमा आवेदन दिनेहरुलार्इ प्रकृया पुर्‍याएर बढुवामा लैजाने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ