arrow

सीमा अतिक्रमण प्रति तरुण दल विरोध

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
Tarun_Dal_convention1.jpg

काठमाडौँ । नेपाल तरुण दलले भारतीय पक्षबाट भएको भनिएको नेपाली सीमा अतिक्रमणको विरोध गरेको छ ।

दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आज जारी गरेको विज्ञप्तिमा पर्सा, रौतहट, कञ्चनपुरलगायत विभिन्न जिल्लाको नेपाली भूमि मिचेर जंगेपिलर सारिएको घटनाप्रति आपत्ति प्रकट गर्दै नेपाली अस्मितामाथि गम्भीर चोट पुर्‍याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए ।

शाहीले सो घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानका लागि उचित पहल कदमी लिन सरकारसमक्ष माग गर्नुभएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ