arrow

सलमानका भाइ सोहेल खान काठमाडौंमा

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
salman.jpg

काठमाडौँ । बलिउड निर्देशक निर्माता तथा  अभिनेता सोहेल खान शुक्रवार खान काठमाडौं आइपुगेका छन् । सलमान खानका भाइ रहेका सोहेल सलमान खानको मार्चमा हुन लागेको भ्रमणको तयारीका लागि नेपाल आएका हुन् । एयर इन्डिया विमानबाट  नेपाल आएका उनले ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको हुने नहुने  पक्का गर्नेछन् ।  


अहिले उनी सोल्टी होटलमा छन् । उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् । दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगिया यसअघि नै काठमाडौंमा छन्। उनीहरुलाई नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले ‘गाईड’ गरिरहेका छन्।

दवाङ्ग इभेन्टमा सलमानका साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सेनन लगायत कलाकार नेपाल आउँदैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ