arrow

डोटीमा दोहोरो झडप : ३ प्रहरी, २ दर्जन भन्दा बढी आन्दोलनकारी घाईते

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ ५ शुक्रबार
doti_(2).jpg

डोटी ।  कैलालीको धनगढीलाइ सरकारले ७ नम्बर प्रदेसको अस्थायि राजधानि बनाएपछी त्यसको बिरोधमा गरीएको आन्दोलनले डोटीको जनजिबन प्रभाबित बनाएको छ । सुदुरपश्चिमाञ्चल बिकास क्षेत्रको क्षेत्रिय सदरमुकाम हुदाहुदै पनि दिपायलबाट अधिकार खोसेर धनगढी राजधानि बनाएको बिरोधमा आन्दोलनकारीहरुले शुक्रवार पनि शिलगढी र दिपायलमा प्रदर्शन गरेका छन ।

नारा लगाउदै स्वस्फुर्त रुपमा सडकमा उत्रिएका आन्दोलनकारीहरुले शुक्रवार शिलगढीमा सरकारी कार्यालयहरुमा तोडफोड गर्नुका साथै  तालाबन्दि गरेका छन । जिल्ला सदरमुकाम शिलगढीमा रहेका सबै कार्यालयहरुमा आन्दोलनकारीहरुले कालो झण्डा झुन्ड्याका छन । आक्रोसित आन्दोलनकारीहरुले जिल्ला प्रसासन कार्यालयमा तोडफोड गर्ने प्रयास गरेपछी प्रहरी र आन्दोलनकारी बिच दोहोरो झडप भएको छ । झडपमा परी आन्दोलनकारी र प्रहरी दुबै पक्षका दर्जनौ ब्यक्ति घाइते भएका छन । प्रहरी माथि आन्दोलकारीहरुले ढुंगामुढा प्रहार गरेपछी प्रतिबादमा प्रहरीले अश्रुग्यास प्रहार गर्दा करीब २ दर्जन बढि आन्दोलनकारीहरु घाइते भएका छन ।

आन्दोलनकारीहरुको ढुंगा मुढा प्रहारबाट ३ जना प्रहरी घाइते भएको प्रहरी नायब उपरीक्षक शिब सिंहले जानकारी दिए । आन्दोलनकारीहरुले प्रहरी माथि ढुंगामुढा प्रहार गरेपछी प्रहरीका तर्फबाट २३ सेल अश्रुग्यास प्रहार गरेको सिंहले बताए । अश्रुग्याससंगै प्रहरीले  लाठिचार्ज गर्दा नेकपा एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल, दिपायल शिलगढी नगरपालीकाका मेयर मञ्जु मलासि  लगायतका घाइते भएका छन् ।

 प्रहरीले अराजक शैलीमा आफुहरु माथि आक्रमण गरेको एमालेका जिल्ला अध्यक्ष मल्लले बताए । आफुहरुले शान्तिपुर्ण आन्दोलन गर्दा पनि सरकारले आफुहरुको आन्दोलनलाइ तानाशाहि प्रबृतिबाट दमन गरेको मल्लले आरोप लगाए । सर्बसाधरण जनताका घर घरमा पसेर प्रहरीले अराजक शैलिबाट निर्दोस नागरीक माथि दमन गरेको उनले बताए । उनले आफुहरुको आन्दोलन दबाउन सरकारले जतिसुकै शक्ति लगाएपनि अब आन्दोलन झन कडा हुने चेतावनि दिए ।

पत्रकारलाइ समेत लक्षित गरेर अश्रुग्यास प्रहार

आन्दोलनकारीहरुलाइ तितर बितर गर्ने क्रममा प्रहरीले पत्रकारलाइ समेत लक्षित गरेर अश्रुग्यास प्रहार गरेपछी आधा दर्जन पत्रकार समेत घाइते भएका छन । आन्दोलनको रीपोर्टिङ गर्न जिल्ला प्रसासन कार्यालय पुगेको पत्रकारको टोलीलाइ समेत प्रहरीले लक्षित गरेर अश्रुग्यास प्रहार गरेपछी पत्रकार महासंघ जिल्ला शाखा डोटीका  सचिब गणेश मौनी सहितका आधा दर्जन पत्रकार घाइते भएका छन ।

यसैगरी प्रहरीले पत्रकार भुमिराज जोशि माथि लाठिचार्ज प्रहार गरेर घाइते बनाएको छ । रीपोर्टिङ गर्ने क्रममा जिल्ला प्रसासन कार्यालय पुगेका बेला प्रहरीले प्रहार गरेको लाठिचार्ज बाट जोशि घाइते भएका हुन । यसैबिच नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति डोटीले प्रहरीले अश्रुग्यास प्रहार गरेर पत्रकारलाइ घाइते बनाएपछी त्यसको भत्र्सना गरेको छ । केहि बेर अघि प्रेस बिज्ञप्ति निकाल्दै पत्रकार महासंघ जिल्ला शाखा डोटीले पत्रकारको प्रेस स्वतन्त्रताको हनन गरेको भन्दै घटनाको घोर निन्दा गरेको छ ।

यसैबिच आन्दोलनकारीहरुले शुक्रवार जिल्ला सदरमुकाम सिलगढीका आधा दर्जन सरकारी कार्यालयमा तोडफोड गरेका छन । जिल्ला प्रसासन कार्यालयका साथै आन्दोलनकारीहरुले जिल्ला हुलाक कार्यालय, जिल्ला निर्बाचन कार्यालय, जिल्ला पसु सेवा कार्यालय, जिल्ला मालपोत र नेपाल परीवार नियोजन संघमा तोडफोड गरेका छन । जिल्लाका सबै सरकारी कार्यालयहरुको साइन बोर्डहरु पनि आन्दोलनकारीहरुले फालि दिएका छन । अधिकांस कार्यालहरुका आन्दोलनकारीहरुले झ्याल ढोकाहरु फुटाइएका छन भने प्रबेस गेटहरुमा समेत क्षेति पुर्‍याइएका छन ।

बुडरमा समेत बन्द

कैलालीको धनगढीलाइ अस्थायि राजधानि बनाए संगै आह्वान गरीउको अनिश्चितकालीन आम हड्ताललाइ अझै प्रभाबकारी बनाउन भिम दत्त पन्त्र राजमाग अन्र्तगत बुडरमा समेत बन्द गरीएको छ । आन्दोलनलाइ थप प्रभाकारी बनाउने भन्दै आन्दोलनकारीहरुले बुडरमै गएर भिमदत्त पन्त राजमार्गलाइ बन्द गराएका हुन ।

 बुडर क्षेत्रमा ठुलो संख्यामा आन्दोलनकारीहरु सडकमा उत्रिएका छन । राजमार्गलाइ बन्द गरीएपछी तराइबाट पहाड आउने यातायातका सधनहरु बिच बाटोमै रोकिएका खछन पहाड बाट तराइ जाने यातायातक साधनहरु पनि बिच बाटोमै ठप्प बनेका छन ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ