arrow

फागुन २६ गते सलमान खानले टुँडीखेल तताउने

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
salman-khan-.jpg.jpeg

काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । आगामी फागुन २६ गते शनिबार टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको आउने पक्का भएको हो  ।

शुक्रवार सलमा खानका भाइ तथा  अभिनेता सोहेल खानले सलमान फागुनमा नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी गराए  । दवाङ्ग इभेन्टमा सलमानका साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सेनन लगायत कलाकार नेपाल आउँदैछन्।

 शुक्रवारै  एयर इन्डिया विमानबाट  नेपाल आएका साहेलले ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्ट हुने पक्का गरेका हुन् ।    अहिले उनी सोल्टी होटलमा छन् । उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्नेका थिए ।

दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगिया यसअघि नै काठमाडौंमा छन्। उनीहरुलाई नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले ‘गाईड’ गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ