arrow

माओवादीलार्इ टाउको दुखार्इ : सत्यनिरुपण आयोग सम्बन्धी अध्यादेश पारित

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
satya-nirupan-aayog.jpeg

काठमाडौँ । विशेषगरी मा‌ओवादी नेताहरुको टाउको दुखार्इको विषय बनेको  बेपत्ताको छानबिन र सत्यनिरुपण आयोगको म्याद थप गर्न बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), २०७४ अध्यादेश शुक्रबार जारी गरेसँगै फेरि म्याद थपको  लागि बाटो खुलेको हो ।

माघ २६ गते सम्मलाई समय रहेको दुबै आयोगको म्याद यसअघि सरकारले एकवर्षका लागि थप गरेको थियो। आयोग ऐनमा एकपटकमात्र म्याद थप गर्न सकिने उल्लेख भएकोले अर्कोपटक पनि म्याद थप गर्नुपरेपछि ऐन संसोधन नै गर्नुपर्ने हुन्छ । तर अहिले संसद् नबसेको समय भएकोले सरकारले अध्यादेश स्वीकृतिको लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

गत पुस २१ को मन्त्रिपरिषद्को बैठकको सिफारिश एवं नेपालको संविधानको धारा ११४ (१) अनुसार उक्त अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कामका लागि गठित दुई आयोगको अवधि सकिए पनि काम पूरा नभएपछि अध्यादेश जारी भएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ