arrow

काँग्रेसको निर्णय नम्वर २ले राष्ट्रिय सभामा जान यि २ नेतालाई खोल्यो बाटो

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
Ramchandra_Nidhi.jpg

काठमाडौं। नेपाली काँग्रेसको दुई दिनसम्म बसेको वैठक ३ बुँदे निर्णय गर्दै सकिएको छ। राष्ट्रिय सभाको चुनावका बिषयमा केन्द्रित रहने बताइएको बैठक चुनाव पछि पहिलो पटक बसेका कारण चुनावको सामान्य समिक्षामा पनि केन्द्रित रह्यो। 

निकै चर्काचर्कीसम्म भएको वैठकमा पार्टी नेतृत्वको खुलेरै आलोचना समेत भयो। यति हुँदाहुँदै पनि पार्टीले चुनावको समिक्षा गरेर एक महिना भित्र केन्द्रीय समितिमा पठाउन मातहतका सबै निकायहरुलाई निर्देशन दिने निर्णय गरेको छ। 

वैठक राष्ट्रिय सभाको चुनावको बिषयमा केन्द्रित हुने भनिएपनि त्यस बारेमा भने खासै चर्चा भएन। राष्ट्रिय सभाको निर्वाचनमा नपाली काँग्रेसले सिमित पदमा आफ्नो प्रतिनिधि पठाउन सक्छ। तिनै सिमित पदमा पनि कस्ता व्क्ति पठाउने भन्ने बारेमा वैठकमा सामान्य मात्र कुराकानी भयो। 

नेतृत्वको आलोचनामा बढी समय खर्चिएका नेताहरुले मापदण्ड बनाउने भन्दा पनि यस्ता व्यक्तिलाई उमेद्वार बनाउने भन्ने विचार मात्र राखे। 

समानुपातिकमा अघिल्लो पटक मापदण्ड बनाइएपनि पालना हुन नसकेकोमा विरक्तिएका केन्द्रीय सदस्यहरुले नेताहरुलाई आफूखुसी नगर्ने सचेत गराएपनि त्यो फेरि पनि कार्यान्वयन हुनेमा भने शंका नै व्यक्त गरे। 

वैठक सकिएको घोषणा गर्नुअघी पार्टी कार्यालयका कर्मचारीहरुले वैठकको निर्णय पढेर सुनाउने क्रममा राष्ट्रिय सभाको उमेद्वारको मापदण्डका बारेमा प्रसङग नै उल्लेख नभएपछि त्यसको वैठकमा रहेका अधिकांशले प्रतिवाद गरे। 

राष्ट्रिय सभाको विषयमा छलफल गर्न भनेर केन्द्रीय समितिको वैठक बोलाउने दुई दिनसम्म छलफल पनि गर्ने अनि वैठकको निर्णयमा त्यो विषय हटाउने कुराले के सन्देश जान्छ भन्दै सभापति देउवालाई केन्द्रीय समितिका बहुसंख्यक नेताहरुले भनेपछि उनले त्यो विषय समेट्ने बताए। 

त्यसपछि सभापति देउवाको निर्देशनमा भाषा मिलाउन डा प्रकाशशरण महत खटिए। वैठकको निर्णय नम्वर २ मा समेटिएको सो प्रसङग केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा सार्वजनिक भयो। 

निर्णय नम्वर २ मा भनिएको छ ' राष्ट्रियसभा  निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझावहरुलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरुलाई उम्मेदवार बनाउने । '

यहि निर्णय नम्वर २ ले नै पार्टीका दुई प्रभावशाली नेताहरु बरिष्ठ नेता रामचन्द्र पौडेल र विमलेन्द्र निधीलाई राष्ट्रिय सभामा जाने बाटो खोलेको छ। 

चुनावमा अप्रत्यासित हार व्यहोरेका यि दई नेतालाई राष्ट्रिय सभामा लैजानको लागि नै पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरुलाई उम्मेदवार बनाउने भन्ने बाक्यांश राखिएको बताइएको छ। 

चुनावमा हारेका अन्य कतिपय नेताहरुको नाम पनि राष्ट्रिय सभाको लागि चर्चामा आए लगत्तै उनीहरुले नैतिकताको प्रसङग उठाउँदै चुनावमा पाराजित भएकाहरु आफूहरु राष्ट्रिय सभामा जान इच्छुक नभएको र पार्टीले पनि पराजित कसैलाई पनि उमेद्वार बनाउन नहुने तर्क गरेका थिए।

नेताहरु कृष्ण प्रसाद सिटौला, डा शेखर कोइराला लगायतकानेताहरु यस पक्षमा उभिए पनि चर्चामा रहेका रामचन्द्र पौडेल र विमलेन्द्र निधीले यस बिषयमा केहि धारणा सार्वजनिक गरेका छैनन। 

केहि अन्यथा नभए राष्ट्रिय सभामा सभापति देउवाले नेताहरु पौडेल र निधीलाई ल्याउने तयारी गरेको वताइएको छ। 

केन्द्रीय सदस्य अजय चौरसियाले वैठकमा हारेका नेताहरुलाई राष्ट्रिय सभामा ल्याउन लविङ गरेका थिए। उनले भनेका थिए, 'पार्टीका सिनियर नेताहरू निर्वाचनमा हार्नुभएको छ । राजनीतिमा जिम्मेवार नेताहरू आवश्यक पर्छन् । तसर्थ निर्वाचनमा हारेका नेताहरूलाई पनि राष्ट्रिय सभामा अवसर दिनुपर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ