arrow

चन्द्र भण्डारीले के भने केन्द्रीय समितिमा ? 

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
chandra-bhandari-andolan-interview.jpeg

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारी कांग्रेस केन्द्रीय समितिको बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका छन्। सवै भन्दा पहिला केन्द्रीय समितिको बैठक र महासमितिको बैठक माग गर्ने सात नेताको नेतृत्व गरेका भण्डारीले केन्द्रीय समितिमा राखेका भनाईको सम्पादित अंशः

पछिल्लो समयमा संविधान कार्यान्वयन गरी मुलुकलाई संक्रमणकालबाट मुक्त गराउनु भएकोमा पार्टी नेतृत्व धन्यबादको पात्र हुनुहुन्छ। तपाईहरुले राष्ट्रियताको संवर्दननदेखि संविधानको स्वीकार्यता बढाउन अग्रणी भूमिका खेल्नुभयो। तपाईहरुकै अग्रसरतामा मधेशी पार्टीहरु पनि सहमतीमा आए। यी कुराहरुमा तपाईहरु सफल देखिनु भएको छ। तर पार्टी चलाउने मामिलामा अव तपाईहरुको सक्रियता र क्षमताले नभ्याउने भयो। तपाईहरुकै कारण पार्टी अहिले आईसियुमा पुगेको छ। आईसियुबाट झिकेर कांग्रेसलाई नयाँ जीवन दिन तपाईहरुले नसक्ने देखिएको छ। त्यसैले अव तपाईहरुले पार्टी नेतृत्वबाट विदा लिनु पर्दछ। 

कांग्रेसमा समान व्यवहार र न्याय नभएकाले कार्यकर्ताहरुमा निराशा र सुवेच्छुकहरुमा वितृष्णा छाएको छ। सवै बर्ग वा समुदायलाई समेट्नका लागि ल्याइएको समानुपातिक व्यवस्थालाई तपाईहरुले दुरुपयोग गर्नुभयो। समानुपातिक प्रणाली मार्फत् सांसद बनाउदा तपाईहरुले बृद्ध बाबुआमाले लुकाएर दिने बकस वा धनी बाबुआमाले दिने दाईजो जस्तो गराउनु भयो। समानुपातिक प्रणाली तपाईले बाड्ने बकस वा दाईजो हो वा समावेशीता र समानताका लागि अवसर हो यो ? यस्ले के देखाउछ भने काँग्रेसले सकारात्मक कानुनी व्यवस्थाहरुको पनि नकारात्मक प्रयोग गरेको छ भन्ने देखाएको छ। गणेशमानजीले दुर्गादेवीलाई माथील्लो सदनमा ल्याउदा आलोचना भएको थियो। आज तपाईले जे गर्दा पनि हुने ? ओलोचना गर्न नपाईने ? 
 
कांग्रेस सत्तामा जाँदा गर्ने नियुक्ती तथा अवसरहरुलाई जहिले पनि विक्रिको साधन जस्तो बनाएको आरोप छ। हरेक पदहरु बस्तु बने। कुनै नियुक्ति, लाभको पद, अवसर वा जिम्मेबारी दिदाँ रकम नलिएको भएपनि रकम लिएर गरेको जस्तो भएको छ। यस्ले आम मान्छेमा काँग्रेस प्रतिको नराम्रो दृष्टीकोण बनेको छ। वितृष्णा बढाएको छ। आर्थिक भ्रष्टाचार भन्दा राजनीतिक भ्रष्टाचार बढी घातक हुन्छ। तपाईहरुले राजनीतिक भ्रष्टाचार बढाउनु भयो। यस्ले दिर्घकालिन र सर्वव्यापी असर गर्दो रहेछ। यसलाई तत्काल नियन्त्रण गर्नुपर्दछ। यस्को छानविन गर्न माग गर्दछु। 

नेताहरुले आफ्नै निर्णय आफुले कार्यान्वयन गर्न सक्नु भएको छैन। यस्ले पार्टीमा समस्या सृजना गरेको छ। तपाईहरुले पार्टीलाई व्यवस्थापन गर्न सक्नु भएन। दवाव थेग्न नसकेर वा निर्णयमा अडिक हुन नसकेर विगतमा केन्द्रीय समितिको निर्णय पनि लागु गर्नु भएन। त्यसैले केन्द्रीय समितिको निर्णय पनि कमजोर भयो, लत्याउनु भयो। आगामी दिनमा पनि लागु नहुने खतरा रहेको बैठकको औचित्य माथी नै प्रश्न चिन्ह उठ्न थाल्यो। 

निर्वाचनमा जाने बेलामा हामी चुनौतीपुर्ण घडीमा थियौं। यस्तो जटिल अवस्थामा पनि तपाईहरुले परिवार, नाता, दास, उद्योगपती देख्नुभयो। तर धनराज, बद्री, गुरुराज, कमला, सुरेन्द्रलाई किन देख्नु भएन ? 

पार्टी परिवार जस्तो हो भने शिर्ष नेताहरु बुवाआमा जस्ता हुन्। परिवारमा छोराछोरी सक्षम हुदै गएपछि बाबुआमाले छोराछोरीलाई जिम्मेबारी दिन्छन, आफु अविभावकीय वा सल्लाहकारको भूमीकामा बस्छन्, काँग्रेसका शिर्ष नेताहरुले पनि अव त्यस्तै गर्नु पर्ने भएको छ। त्यो सवैका लागि हितकर हुन्छ। यसलाई पद्धति र संस्कारको रुपमा विकास गर्ने जिम्मेबारी र मौका तपाईहरुलाई आएको छ। लोभलालच र आकांक्षा त्यागेर गंभीरतापुर्वक सोच्नुस्, सही निर्णयमा पुग्नुहुने छ। तपाईको त्यो निर्णयले, तपाई, पार्टी, देश र लोकतन्त्रलाई नै सही मार्ग निर्देश गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ