arrow

जिल्ला समन्वय समितिको भवनमा आगो लगाइयो, दोहोरो झडपमा ५ घाईते

logo
गणेश मौनी,
प्रकाशित २०७४ माघ ६ शनिबार
dipayel.jpg

डोटी । सरकारले ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढीमा तोकेपछि त्यसको विरोधमा चर्किएको आन्दोलन झडपसम्म पुगेको छ । दिपायल सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम भएको र पायक पर्ने ठाउँ हुँदाहुँदै धनगढी अस्थायी मुकाम तोकेको भन्दै आन्दोलनकारीले शिलगढी र दिपायलमा प्रदर्शन जारी राखेका छन् ।

आन्दोलनकारीले दिपायलमा रहेका क्षेत्रीय कार्यालयमा तोडफोड गरिदिएका छन् । उनीहरुले कार्यालयमा कालो झण्डा समेत राखेका छन् । आक्रोशित आन्दोलनकारी र प्रहरीबीच क्षेत्रीय शिक्षा निर्देशनालय अघि झडप हुँदा ५ जना आन्दोलनकारी घाइते भएका छन् ।

यस्तै, प्रदर्शनकारीले राजपुरमा रहेको जिल्ला समन्वय समितिको भवनमा पनि आगजनी गरेका छन् । भवनमा लागेको आगो प्रहरीले निभाउन भ्याएकाले क्षति भने हुन पाएन ।

२५ दिन अघि सुरु भएको आन्दोलनलाई बेवास्ता गर्दै सरकारले धनगढीलाई अस्थायी मुकाम बनाएपछि पछिल्लो समयमा आन्दोलन झन चर्किदै गएको छ । सुरुमा शान्तिपुर्ण रुप बाट सुरु भएको आन्दोलन त्यसपछी अनिश्चीतकालीन आम हडताल हुदै पुन शान्तिपुर्ण आन्दोलनका रुपमा परिणत भएको थियो । तर सरकारले धनगढीलाइ प्रदेश ७ को अस्थायी मुकाम तोकेपछि आन्दोलन केही दिन यता उग्र बनेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ