arrow

मदन भण्डारी गोल्डकपको पहिलो खेलमा थ्रिस्टार विजयी

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
football1.jpg

काठमाडौं । थ्रिस्टारका मार्टिन इटरहीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको पहिलो खेल जीत्न निर्णायक बनेका छन् । पहिलो हाफको ३८ औँ मिनेट र र दोस्रो हाफको २ मिनेटमा मार्टिनले गोल गरेका हुन । दोस्रो हाफको २२ मिनेटमा पिटरले आफ्नै पोस्टमा गोल हाने पछि शसस्त्र प्रहरीको एपीएफलाइ एक गोल प्राप्त भएको थियो  ।

दुुइ एकको अग्रता लिएको थ्रिस्टारले पुनः अर्को गोल गर्ने धेरै सम्भावना खेल फालेको थियो  । आशा गरिएका खेलाडी विमल घर्ति मगरले बारम्बारको प्रयास खेर फोले पछि उनलाइ दोस्रो हाफको अन्तिममा थ्रिस्टारमा चन्द्र कुमार माधवराज केसीले मैदान बाहिर पठाएका थिए । केसीका अनुसार मगरले अन्य खेल भन्दा आ कमजोर प्रस्तुती गरेको हुन ।

एपीएफले पहिलो हाफमा कमजोर प्रस्तुती गरे पनि दोस्रो हाफमा केहि उत्साहजनक प्रस्तुती गरेको थियो । तर उसले खेल अवधिभर कुनै जादु गर्न सकेन । एपिएफका कोच चन्द्र कुमार रौनियाले खेल फेयर नभएका कारण जीत हाँसिल गर्न नसकेको बताए । उनले आफ्ना खेलाडीको समेत अन्य दिन भन्दा केहि कमजोर प्रस्तुती भएका कारण पराजीत बन्न पुगेको बताए ।

शुक्रवारको खेलको उत्कृष्ट खेलाडी थ्रिस्टारका मार्टिन घोषित भए । उनलाइ राष्टिय खेलकुर परिषदका सदस्य सचिव केसव कुमार विष्टले नगद १० हजार प्रदान गरे । भोलीको खेल झापा ११ र मनाङ मर्याङदी बिच हुने आयोजकले बताएको छ ।

इटहरीको पुरानो क्लब राष्टिय जागृती क्लबले आयोजना गरेको फुुटबल प्रतियोगतिामा ८ ओटा क्लबले सहभागीता जनाएका छन् । उक्त गोल्डकप मुलुककै सर्वाधिक राशकिो प्रतियोगीता हो । विजेताले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान गरिने छ भने उपविजेतालाइ नगद ५ लाख प्रदान गरिने छ ।

राष्ट्रपती विद्यादेवी भण्डारीले गोल्डकपको उद्घाटन गरिन् । इटहरी रँगशालामा राष्ट्रपति भण्डारीले बेलुन उडाएर र फुुटबल मुख्य निर्णायकलाइ हस्ताण्तरण गरेर  गोल्डकपको शुुभारम्भ गरेकी हुन ।

राष्ट्रपति भण्डारीले स्वर्गीय मदन भण्डारीको लोकप्रिय खेल पनि फुटबल नै भएका हुँदा वहाको नामबाट गोल्डकपको आयोजना  हुँदा खुसि लागेको बताइन । उनले खेलकुद सम्बिन्धि गतिविधि बढ्दै जानुपर्ने बताइन ।

खेलकुद मन्त्रि राजेन्द्रकुमार केसीले इटहरीलाइ स्पोर्टस सिटिको रुपमा विकास गर्ने उदेश्यले अहिले सम्मको ठुलो पुरस्कार राशीको फुुटबल प्रतियोगीता इटहरीमा गरिएको बताए । उनले यस्ता अधिक पुरस्कार राशीको खेल प्रतियोगीताले प्रतिभाशाली खेलाडी जन्मिन सहयोग पुर्याउने बताए ।

राष्टिय खेलकुद परिषदका सदस्य सचिव केसबकुमार बिष्टले प्रदेश एकको प्रतिनिधित्व गर्ने फुुटबल प्रतियोगीता गृहनगर इटहरीमा भएको हुँदा इटहरी फुटबल सिटिको रुपमा विकास हुँदै गरेको बताए । उनले इटहरीलाइ चहिने सम्पुुर्ण पुुर्वाधार निर्माधिन अवस्था मै भएको हुँदा यसलाइ चिनाउन पनि सर्वाधिक राशीको गोल्डकपको आयोजना गरिएको बताए ।

इटहरीको पुरानो क्लब राष्टिय जागृती क्लबले आयोजना गरेको फुुटबल प्रतियोगतिामा ८ ओटा क्लबले सहभागीता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ