arrow

प्रदेश सांसदहरुको सपथ आइतबार, के गर्लान् केपी ओलीले ? 

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
KP-oli-naya-news.jpeg

काठमाडौं । सातवटै प्रदेशका प्रदेश सांसदहरुले आइतबार सपथ ग्रहण गर्दैछन् । सरकारले सात वटै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेपछि शुक्रबार उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका थिए । 

सपथ ग्रहण गरेसंगै प्रदेश प्रमुखहरु अस्थायी राजधानीको मुकाममा गएका छन् । उनीहरुले संयमित भएर सपथ ग्रहणमा भाग लिनसमेत आग्रह गरेका छन् । 

उनीहरुले आन्दोलन भइरहेका स्थानका स्थानीयलाई आन्दोलन समस्याको समाधान नभएको भन्दै त्यसलाई त्यागेर समाधानतिर लाग्न पनि आग्रह गरेका छन् । 

सम्भवतः आइतबार सबै सांसदले सपथ लिनेछन् । तर प्रदेश ५ को दाङ, प्रदेश ७ को डोटी र प्रदेश १ को धनकुटाका सांसदहरु बढी रुष्ट भएकाले के गर्लान् भन्ने चासो अझै छ । 

के गलान् केपी ओलीले ? 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसको नेतृत्वको सरकारले तोकेका अस्थायी राजधानी र प्रदेश प्रमुखप्रति त्यति खुसी छैनन् । 

ओलीले जुनसुकै बेला प्रमुख र प्रदेश राजधानी फेर्न सकिने प्रतिक्रिया दिएका छन् । यो प्रतिक्रिया ओलीले आफैले सरकारलाई दिएको सुझाव विपरित छ । 

ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने काम सरकारको हो भनेका थिए । तर उनी पछिल्लो समय विचारबाट टाढिएका छन् । 

ओलीले प्रदेश प्रमुखसंगको असन्तुष्टिका कारण आफ्ना सांसदहरु सपथ ग्रहणमा जान्नन् भनेर प्रतिक्रिया पनि दिएका थिए । 

बुझ्ने राजनीतिक विष्लेषकहरु ओलीलाई बोलीको पक्का नेता पनि भन्छन् । तर के अब सांसदहरुले सपथ नै नलेलान् त ? 

के ओलीले मैले गल्ती बोलें भनेर भन्लान् वा आफ्नो पार्टीका सांसदहरुलाई सपथ लिन जाने उर्दी देलान् । 

अहिले त परिस्थिति फरक छ । बाम गठबन्धनमा ओलीकोमात्र दल छैन । नेकपा माओवादी केन्द्र पनि छ । के माओवादीले पनि ओलीको भनाइ मान्ला ? 

या यो पनि हुन सक्छ कि प्रदेश राजधानीमा खासै रुची नदिएको केन्द्रीय नेताहरुको भनाइ वा आदेशलाई लत्याउँदै प्रदेश सांसदहरुले आफ्नो मनोमानी गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ