arrow

अनुराधाको पदभारमा जे देखियो

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ माघ ६ शनिबार
anuradha_g.jpg

मकवानपुर । प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले सबैसँग देश विकासमा अघि बढ्न आग्रह गरेकी छिन् ।

प्रदेश नम्बर ३ को कार्यालयमा आफ्नो पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रमा बोल्दै कोइरालाले नयाँ संविधान कार्यान्वयनका क्रममा आफु प्रदेश प्रमुखको रुपमा आएको बताईन् । संविधानको भावना र मर्म अनुरुप देश विकासमा अघि बढ्न उनको आग्रह छ ।  

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल, प्रदेशसभा सांसद प्रेमबहादुर पुलामी, कुमारी मोक्तान, मुनु सिग्देल, जुनेली श्रेष्ठ, क्षेत्रीय प्रशासक रश्मीराज पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, सुरक्षा अगंका प्रमुख, सरकारी कार्यालयका कर्मचारी लगायत सहभागि भए ।

कार्यक्रममा आइतबार विहान १० बजे प्रदेश सभाका ज्येष्ठ सदस्य डोरमणी पौडेललाई सभामुखको सपथ ग्रहण गराउने र विहान ११ बजे मध्यमाञ्चल शिक्षा निर्देशनालयको कार्यालय रहेको हलमा ३ नम्वर प्रदेशको १ सय १० जना सांसदलाई कोईरालाले सपथ ग्रहण गराउने बताइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ