arrow

खोटाङमा काँग्रेस सभापतिहरुको भेला, आयोजक भन्छन रोक्न चलखेल हुँदैछ 

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
congress-flag1.jpg

काठमाडौं। भक्तपुरमा भेला भएका प्रदेश नम्बर ३ का नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको आन्तरिक जीवनलाई चलायमान बनाउन जिल्ला सभापतिहरुको राष्ट्रिय भेला गर्ने भएका छ्न। यसका लागि उनीहरुले माघ ८ गते खोटाङको दिक्तेलमा देशभरका पार्टी सभापतिहरुको भेला बोलाएका छन्। 

प्रदेश नम्वर ३का काठमाडौं उपत्यकामा उपलव्ध सभापतिहरुको वैठकले दिक्तेलमा भेला बोलाउने निर्णय गरेको थियो। भक्तपुरमा शुक्रवारको बसेको बैठकमा आतिथ्यता भक्तपुर सभापति दुर्लभ थापाले गरेका थिए। नुवाकोटका सभापति जगदिशनरसिंह केसीले बैठकको संयोजन गरेका थिए।

प्रदेश नम्वर ३मा मात्र सिमिति नराखि वैठकलाई देशभरका सभापतिहरुको भेलामा रुपान्तरण गर्ने सल्लाह भए वमोजिम खोटाङमा भेला गर्ने तयारी भएको बताइएको छ। 

नेपाली कााग्रेस खोटाङका सभापति नरेश श्रेष्ठले स्थानिय व्यवस्थापनको जिम्मा लिएका छन्। 

भेलामा सहभागिताको लागि आतिथ्यता प्रदान गर्ने जिल्लाका सभापति श्रेष्ठले विभिन्न जिल्लाका सभापतिहरुलाई निम्तो दिन थालेका छन्। 

कतिपयले कार्यक्रममा आउने टुङगो गरेका छन्। कतियले पार्टीको केन्द्रिय नेतृत्वसँग छलफल गरेर आउने बताएका छन्। 

कतिपयले यो केन्द्रीय कार्यालयको कार्यक्रम हो वा होइन भनेर सोधेको स्थानिय आयोजकलाई उदृत गर्दै एक जिल्ला सभापतिले बताए। 

चुनावी परिणाम पछि नेपाली काँग्रेसले लिएका नीति,  वैचारिक तथा व्यवहारिक बिषयमा सभापतिहरु छलफलमा रहेका छन्। 

काठमाडौंमा जुटेका उनीहरुबीच पछिल्लो राजनीतिक विषयमा छलफल भइरहेपनि देशभरका साथीहरुको भेला भइ एक मत बनाउने काम हुन नसकेको पृष्ठभुमिमा भेलाको तयारी गरिएको आयोजकको भनाइ छ। 

स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्मको अवस्था र काँग्रेसले हासिल गरेको परिणाममा मात्र नभइ अबको रणनीतिका बारेमा पनि छलफलमा जुट्नुपर्ने आवश्यकता भएर भेला गर्न लागेको आयोजक मध्येका एकले बताए। 

कार्यक्रम आयोजकहरु भने यतिखेर आफूहरुको कार्यक्रम नहोस भन्ने पार्टी नेतृत्व तहकै चलखेलको कारण विथोलिने होकी भन्नेमा शसंकित छन्।  

काँग्रेस केन्द्रीय कार्यालयका नामबाट केहि व्यक्तिहरुले पार्टी सभापति शेर बहादुर देउवाको नाम लिएर जिल्ला सभापतिको कुनै भेला पार्टीले नराखेको हुँदा त्यस्ता कार्यक्रममा नजान निर्देशन आएको केहि जिल्ला सभापतिले जनाएका छन्। 

केन्द्रीय समितिमा पार्टी सभापतिको चर्को आलोचना भए यता पार्टीको विभिन्न तहमा पनि सभापति माथि दवाव बढाउने अभियान सांगठनिक रुपमा शुरु भएको देखिएको छ। यसको जवाफ सभापतिले कसरी दिन्छन त्यो भने प्रतिक्षाको विषय भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ