arrow

हुँदै प्रदेशसभा सदस्यहरुको शपथ, यस्तो छ तयारी

logo
प्रकाशित २०७४ माघ ७ आइतबार

काठमाडौं । प्रदेशसभा सदस्यहरुको आइतबार बिहान शपथ हुँदैछ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको शपथ हुन लागेको हो ।

संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ ग्रहण गराउने छन् ।

सपथग्रहण कार्यक्रम छुट्टाछुट्टै प्रदेशमा १० देखि ११ बजे सुरु हुने जनाइएको छ । 

प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनगस्थित वीरेन्द्र सभागृहमा, प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यहरुको शपथ जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुँदैछ ।

त्यस्तै प्रदेश नम्बर ३ का सांसदहरुको शपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा, प्रदेश नम्बर ४ का सांसदहरुको शपथ पोखरास्थित प्रस्तावित प्रदेश प्रमुख कार्यालय र प्रस्तावित प्रदेश प्रदेशसभा भवन नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा गराउने कार्यक्रम छ ।

प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा तथा प्रदेश नम्बर ६ का प्रदेशसभा सदस्यहरुको शपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा गराउने तयारी भएको छ ।

प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यहरुको शपथ धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा हुँदै छ ।

निर्वाचन आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ यसैदिन सम्पन्न गर्नुपर्ने छ ।

प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै शपथ ग्रहणको कार्यक्रम राखिएको हो । 

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबारै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ ।

शपथका लागि अधिकांश प्रदेशसभा सदस्यहरु सम्बन्धित प्रदेशको सदरमुकाम पुगिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ