arrow

‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत पुरस्कार’ वैष्णव र वैद्यलाई

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
hariprasad.JPG

काठमाडौँ । यस वर्षको ‘हरिप्रसाद कल्याणी रिमाल नाट्यसङ्गीत पुरस्कार’ वरिष्ठ साहित्यकार तथा नाट्यनिर्देशक श्यामदास वैष्णव र वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यलाई प्रदान गरिएको छ । 

सो पुरस्कारको राशि जनही रु २५ हजार १११ रहेको छ । विसं १९८१ मा जन्मिएका वैष्णवको पाँचवटा कविता संग्रह प्रकाशित भइसकेको छ भने नाट्य निर्देशक तथा अभिनेताको रुपमा पनि उनी परिचित छन् । थुप्रै गीत रेकर्ड गरिसकेका वैष्णवले धेरै वर्ष सम्पादकको रुपमा पनि कार्य गरिसकेका छन् । 

उनी शुभराज्याभिषेक पदक, महेन्द्र प्रज्ञा पुरस्कारका साथै गोरखा दक्षिण बाहुबाट पनि विभूषित भइसकेका छन् । 

विशिष्ट गायक वैद्यले ६ दशक लामो सांगितिक यात्रामा थुप्रै भावुक, मार्मिक तथा राष्ट्रिय गीत तथा भजन गाएका छन् ।  

वनस्पति शास्त्रमा स्नातकोत्तर गरेका वैद्यले खाद्य अनुसन्धान अधिकृतका रुपमा पनि सेवा गरिसकेका छन् । उनले नेपाल भाषाको पनि गीत गाएका छन् ।  

‘हरिप्रसाद कल्याणी रिमाल संचार सेवा सम्मान’बाट पुरस्कृत भएका वरिष्ठ गीतकार किरण खरेलले विसं २०१४ सालदेखि गीत रचना गरेका हुन् । सर्वोकृष्ट गीतकारका रुपमा परिचित खरेलको गीतिसंग्रह प्रकाशित छन् भने उनका १०० भन्दा बढी गीत चलचित्रमा प्रयोग भईसकेको छ । उनी त्रिशक्ति पट्टबाट विभूषित छन् ।  

लामो समय रेडियो नेपालको समाचारवाचक भई सेवानिवृत्त वरिष्ठ सञ्चारकर्मी प्रचण्डमान सिंहले प्रधानसम्पादक तथा रेडियो नेपालको कार्यकारी प्रमुख भई सेवा गरिसकेका छन् । उनीहरुले जनही रु १५ हजार १११ तथा सम्मान पत्र प्राप्त गरेका छन् ।  

पुरस्कार वितरण गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले हरिप्रसाद रिमाल कला क्षेत्रका एक संस्था भइसकेको बताउँदै कला क्षेत्रको विकासका लागि लामो समय अर्पण गरेको चर्चा गरे । 

नाट्य निर्देशनमा सिद्धि र रसको जरुरत रहको बताउँदै उनले कला क्षेत्रको आधारशीला संगीत रहेकोले यसको विकासका लागि संगीतकर्मीको विशेष जोड हुनुपर्ने औँल्याए । 

पुरस्कृत व्यक्तिको तर्फबाट वरिष्ठ गीतकार वैद्यले मानव सभ्यताको विकासका लागि संगीत विधा महत्वपूर्ण रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ