arrow

प्रचण्डको एन्ड्रोइड एप सञ्चालनमा

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
prachanda1.jpg.jpeg
काठमाडौँ। सूचना तथा प्रविधिको सदुपयोग गर्ने प्रवृत्ति सघनरुपमा बढिरहेको बेला एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले  ‘सिएमप्रचण्ड’ एन्ड्रोइड एप सञ्चालनमा ल्याउनुभएको छ। 
 
एमाओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार जनतासँगको अन्तक्र्रिया र छलफललाई थप प्रभावकारी बनाउन एप सञ्चालनमा ल्याइएको हो। 
 
सिएमप्रचण्ड नाम दिइएको सो एप विदिही प्रालिले विकास गरेको हो। एपमा अध्यक्ष दाहालको जीवनी, सन्देश एवम् राजनीतिक गतिविधिको जानकारी दिइनेछ। 
 
केही समयअघि मात्रै सामाजिक सञ्जालमा जोडिएका अध्यक्ष दाहालको एप जनता, नेता तथा कार्यकर्तासँग अन्तक्र्रिया गर्न प्रभावकारी हुने विश्वास लिइएको उनका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बताए। 
 
उनको सो एप तत्काल एन्ड्रोइड फोनमा प्रयोग गर्न सकिनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ