arrow

प्रदेश नं ४ का सदस्यले लिए शपथ

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
PRADESH-4A.jpg

पोखरा ।  प्रदेश नं ४ का प्रदेशसभा सदस्यले आइतवार  सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उनिहरूलाई शपथ गराए ।

 ज्येष्ठ सदस्य श्रेष्ठले यसअघि आइतवार बिहान प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेश नं ४ मा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपरासी(बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङ, गोरखा, मनाङ र कास्की जिल्ला पर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ