arrow

प्रदेश ७ मा प्रदेशसभा सदस्यको शपथ केहीबेरमा सुरु हुदै

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ माघ ७ आइतबार
pradesh-7.jpg

कैलाली ।  प्रदेश नम्बर ७ मा प्रदेशसभा सदस्यको सपथ ग्रहण केहीबेरमा सुरु हुदैछ । प्रदेश प्रमुख मोहनराज मल्ल काठमाडौबाट धनगढी पुग्न ढिलाई भएपछि प्रदेश नम्बर ७ मा प्रदेशसभा सदस्यको सपथ ग्रहण केही ढिलो हुने भएको हो ।

यस अघि आईतवार बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम तय गरिए पनि प्रदेश प्रमुख मल्ल धनगढी पुग्न ढिलाई भएपछि कार्यक्रम केही ढिलो सारिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए । खराब मौसमका कारण नेपालगञ्ज र धनगढीको उडान हुन नसकेपछि प्रदेश प्रमुख मल्ल केहीवेर अघि धनगढी पुगेका छन् ।

केही वेरमा प्रदेश प्रमुख मल्लले सचिवालयमा पदभार ग्रहण गरेपछि खाना खाने कार्यक्रम छ त्यसपछि मात्रै सपथको कार्यक्रम सुरु हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । जिल्ला समन्वय समितिको सभाहलमा सपथ ग्रहणको कार्यक्रम राखिएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रमुखले सबैभन्दा पहिले प्रदेशसभाका ज्येष्ठ सदस्य नेपाली कांग्रेसकी समानुपातिक सांसद दिव्यश्वरी शाहलाई सपथ ग्रहण गराउनेछन् ।

त्यसपछि ज्येष्ठ सदस्य शाहले अरु सदस्यहरूलाई सपथ ग्रहण गराउनेछन् ।  प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिक तर्फ २१ जना गरेर कुल ५३ प्रदेशसभा सदस्य छन् । जसमा एमालेका २५, नेकपा माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२, र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ