arrow

के भो गगनजी? एउटा डोमेन नामै बिक्रीमा, अर्को वेभसाइट पनि चल्दैन!

महाधिवेशनका बेलामा वेभसाइट नचल्दा शुभेच्छुकहरु हैरान

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
gagam-thapa-website.jpg.jpeg
काठमाडौँ। पुराना पुस्ताका नेताहरु नयाँ नयाँ अभ्यासमा जाँदै गर्दा नयाँ पुस्ताका नेताहरुले यसलाई अझ चुस्त दुरुस्त रुपमा प्रयोग गर्ने कुरामा कमजोरी देखिएको छ। सूचना तथा प्रविधिको सदुपयोग गर्ने प्रवृत्ति सघनरुपमा बढिरहेको बेला नयाँ पुस्ताका नेताहरुले सामाजिक सञ्जालहरुमा बाहेक खासै ध्यान नदिएको झै देखिएको छ। सामाजिक सञ्जालहरुमा पनि पर्व विशेषमा मात्र ध्यान दिएको झै देखिएको छ।
 
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले ‘सिएमप्रचण्ड’एन्ड्रोइड एप बिहिवार सञ्चालनमा ल्याएका छन्। केही समयअघि मात्रै सामाजिक सञ्जालमा जोडिएका अध्यक्ष दाहाल एप जनता, नेता तथा कार्यकर्तासँग अन्तक्रिया गर्न प्रभावकारी हुने विश्वासका साथ शुरु गरेको बताउँछन।
 
सामाजिक सञ्जाल र प्रविधीमा अभ्यस्त देखिएका नेताहरु भने समयक्रममा यसमा कम ध्यान दिने गरेका पाइएको छ। यस्तैमा रहेका छन् काँग्रेस नेता गगन थापा। थापाको लोकप्रियताको चर्चा राजनीतिक वृत्तमा निकै छ। उनको चर्चा र लोकप्रियताबाट उनको नामको वेभसाइट आफ्नो बनाएर फाइदा कमाउन सकिन्छ भन्नेहरु पनि देखिएका छन्। थापाको डोमेन कसैले रजिष्टर गरेर उनैलाई वार्गेनिङका लागि विक्रीमा राखेको देखिएको छ। करिव २ लाख रुपैयाँ मूल्य खुलाएर विक्रीमा राखेको डोमेन नाम www.gaganthapa.com गगन थापाले नै चलाउन खोजेपनि शुरुमा धेरै रकमको मोलमोलाइ गरेपछि थापाले त्यसलाई छोडेर अर्कै वेभसाइट शुरु गरेका थिए। 
 
संविधानसभाको चुनावताका उनले अर्को वेभसाइट www.gaganthapa.com.np शुरु गरेका थिए। अन्तराष्ट्रियस्तरको वेभसाइट बनाएर उनले मतदाताहरु र शुभेच्छुकहरुसँग अन्तरक्रिया शुरु गरेका थिए। तर केहिसमयदेखि उनको सो वेभसाइट पनि चालु छैन। 
 
पार्टीको महाधिवेशनको लागि तयारीका सिलसिलामा भएका कारण वेभसाइट मर्मत र रिडिजाइनका लागि तत्काल चालु हालतमा नभएको काठमाडौं क्षेत्र नम्वर ४को सांसद कार्यालयले जनाएको छ। महाधिवेशनका बेलामा एउटा डोमेन बिक्रीमा र अर्को वेभसाइट नचल्दा उनका शुभेच्छुकहरु हैरान भएको बताउँछन। सामाजिक सञ्जाल भन्दा वेभसाइट फलो गर्नेहरुले थापालाई तत्काल वेभसाइट सञ्चालनमा ल्याउन सुझाव दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ