arrow

प्रचण्डलाई किन भेटे उत्तर कोरियाका राजदूतले ?

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
prachand_g1.jpg

काठमाडौं  । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन्  ।
 
आइतबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो। भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिए । हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७०औं पार्टी स्थापना दिवसका आतिथ्यताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा दिए ।
 
हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा दाहालको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गरे ।

जवाफमा अध्यक्ष दाहालले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जवाफ दिए ।

अध्यक्ष दाहालले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिए । भेटमा अध्यक्ष दाहालले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले–माओवादीबीचको एकता छिट्टै टुङ्गोमा पुग्न लागेको पनि सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ