arrow

पौडेल हत्यामा संलग्न एक सुटरसहित २ पक्राउ, पक्राउ पर्ने मनोज पुनका मूख्य सहयोगि

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
Criminal.jpg

बुटवल । रुपन्देही, देवदहका व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न भनिएका दुई जना दुई हप्ता पछि पक्राउ परेका छन् । प्रहरीको गुण्डा नाइके सूचिमा रहेका मनोज पुनका मुख्य सहयोगीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र बुटवल प्रहरीको संयुक्त टोलीले ती दुई जनालाई पक्राउ गरेको केन्द्रबाट नेतृत्व गरी गएका एसएसपी घनश्याम अर्यालले बताए । उनका अनुसार सुटर पदम चौधरी र अर्का एक व्यक्ति पक्राउ परेका हुन् ।

चौधरी पौडेल हत्यामा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति रहेको पनि अर्यालले जानकारी दिए । हत्याको समयमा उनी पनि पेस्तोल लिएर गएको तर उनले गोली भने नहानेको बताइएको छ ।  

रुपन्देही प्रहरीले हत्यामा संलग्नहरुलाई पक्राउ गरेको हो । तर, गिरोहका नाइकेहरु फरार छन् । रुपन्देहीका एसपी श्याम ज्ञवालीले हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको र आइतबार बेलुकी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताए । पौडेलको गएको पुस २१ गते आफ्नै फर्निचरमा आगो तापेर बसिरहेका बेला हत्या भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ