arrow

ओलीलाई मोदीको टेलिफोन, भारत आउन निमन्त्रणा

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
Modi-Oli.jpg.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।  ओलीलाई मोदीले  फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामनाका साथै भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् ।

मोदीले ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताए । ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

 ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरे । प्रधानमन्त्री मोदीले यस अघिको नेपाल भ्रमणमा   यी तीर्थ स्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ