arrow

नेपाली र चिनियाँ कम्पनीबीच व्यापारिक सम्झौता

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
nepal-china.jpg

काठमाडौं । चीन र नेपालबीच लगानीका लागि अन्तराष्ट्रिय एवं व्यापारिक सम्झौता भएको छ ।  बेजिङ्ग स्थित ओ.वि.ओ. आर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनीहरु र चिनियाँ उद्यमी, व्यापारीहरुबीच द्विराष्ट्रिय व्यापार आदान प्रदान तथा व्यापार तथा लगानीका लागि सम्झौता भएको हो ।


 ओ.बि.ओ.आर अन्तराष्ट्रिय व्यापार तथा लगानी मन्चको अध्यक्ष भाष्कर राज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्व एसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो । उक्त कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष  सुरज बैध समेत चीनका ओ.वि.ओ.आर अन्तराष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपालबाट व्यापारिक मण्डल  माघ ४ गते चीन प्रस्थान गरेको थियो ।

कार्यक्रममा  चीनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीहरु समेत सहभाग रहेका थिए । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मल राज पौडेल, कार्यबिनायक ट्रेड समुहका राजेश  बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीहरुको समेत सहभागिता रहेको छ ।

सो गोष्ठीको दोस्रो दिन नेपाल र चीनको बिज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुई देशिय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौता पत्रमा आनका पूर्व अध्यक्ष निर्मल राज पौडेलले हस्ताक्षर गरे । साथै व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनिया कम्पनीबीच सम्झौता समेत भएको छ ।

कार्यक्रममा भाष्कर राज राजकर्णिकारले नेपाल र दक्षिण एसियााको लागि ओ.बि.ओ.आर को रणनितिक योजना र समभावनाका बिषयमा आफ्नो मनतव्य प्रस्तुत गरेका थिए । प्रतिनिधि मण्डलले चीनको विभिन्न औद्योगिक क्षेत्रको समेत अवलोकन गरेको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ