arrow

प्रचण्डलाई यता पनि तनाव उता पनि तनाव, किन ? 

logo
बाबु नेपाली,
प्रकाशित २०७४ माघ ८ सोमबार
prachanda-tension.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यतिबेला यता पनि तनाव उता पनि तनाव रहेको छ । 

उनलाई सत्ता, शक्ति र उन्मुक्तिले छट्पटी बनाइरहेको उनी निकटका नेताहरुले भन्न थालेका छन् । 

एक नेताले भने, ‘कमरेडलाई पार्टी एकताले टेन्सनमा पारेको छ ।’

त्यो टेन्सनमा फेरि नूनचुक छर्कने काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । 

मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ सरकार नेतृत्वका लागि बधाइ तथा शुभकामना दिएपछि प्रचण्डको छट्पटी थप बढेको हो । 

किन त ? एक नेताको सटिक जवाफ छ –‘प्रचण्डको प्रधानमन्त्री बन्ने बाटो पनि रोकियो अनि बाम गठबन्धनको पार्टी एकता भएपछि अध्यक्ष बन्ने बाटो पनि रोकियो ।’

पार्टीभित्रकै शिर्ष नेताहरुबीच चरम असन्तुष्टि हुँदाहुँदै पार्टी एकताका लागि अगडि बढेका प्रचण्डले एमालेसंग मिलेर चुनावमा राहत त पाएका छन् तर गलत बाटोबाट हिंडेकाले उनले आहत पाउन बाँकी नै छ । 

स्रोतका अनुसार ओलीले राजसंस्थाबारे केही सोचिरहँदा भारतको बलियो साथ छ । यसबारे प्रचण्डलाई सुइँकोसमेत दिएका छैनन् । 

अर्कातर्फ प्रचण्डको चिन्ता अन्तर्राष्ट्रिय अदालतकोसमेत पर्न थालेको छ । नरेन्द्र मोदीको ‘हर्ट टु हर्ट कनेक्शन’ ओलीसंग भयो भने प्रचण्ड ‘साउथ ब्लक फ्लेभर’ बाट बाहिरिने छन् । 

यसको मतलब उनलाई सशस्त्र द्धन्द्धको त्यो संक्रमणकालीन हर्कतले जहिले पनि कार्वाही हुने हो कि भन्ने चिन्ता रहिरहने छ । 

भारतको ‘मुड’ बिग्रनासाथ अन्तर्राष्ट्रिय अदालत हेगमा निवेदन दर्ता गर्ने नै छ । 

हुनत सत्य निरुपण तथा मेलमिलाप आयोगको समय थपिएको छ । तीन वर्ष कार्यकाल सकिनै लाग्दा फेरि समय थपिनुले राहत दिएको छ । 

तर त्यहाँ बसेका बाम गठबन्धनका समर्थक पदाधिकारीले माओवादीलाई सहज बाटोका लागि मुद्धा छिनोफानोमा ल्याउनुको सट्टा एउटा पनि मुद्धाको फर्छयौट नगर्दा झन् आलटाल भयो भन्ने गाल पर्न सक्छ । 

पीडितले पीडा पाइरहने र प्रचण्डरुपी अनुहारहरु मस्त भइरहँदा कसैलाई सनक नचढोस् भन्ने हो । 

बालकृष्ण ढुंगेल जेल जान सक्छन् भने अरु नेता पनि चोखा त के होलान् र ।

सबै अपराधी ठहर पनि हुने छैनन् । कम्तीमा त्यसलाई छिनोफानोमा पुर्याउन पनि आयोग सफल हुन सकेको छैन । 

आयोगको समय बढाउन नहुनेमै धेरैजसो न्यायकर्मी लागेका छन् । यसले अझ बढी असर पो पुग्ने हो कि !

प्रचण्ड जहिले पनि शक्तिको उन्मादमा रमाउन खोज्छन् । त्यसैले त विचार नै नमिल्ने काँग्रससंग कुम जोडे । 

तर त्यो कुम नै नभए पनि आशीर्वाद भारतको पाउन सके प्रचण्डलाई राहत हुने थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ