arrow

राष्ट्रिय सभा चुनावका लागि तोडतोडले तयारी गर्दै आयोग

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
election-commission.jpg.jpeg

काठमाडौँ । निर्वाचन आयोग जोडतोडले राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेकोे छ । आयोगका प्रवक्ता नवराज ढकालले केन्द्रमा गर्नुपर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले भने, ‘निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको छ ।’ आयोगले सोमबारबाट सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आयोगले ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षण सुरु गरेको छ । प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिक सहभागि छन् ।

आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई मंगलबार प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

आइतबार आयोगले मतदाता नामावली प्रकाशन गरेको थियो । माघ १० गते उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । माघ ११ र १२ गते सूचीमाथि दाबी विरोधको समय दिइएको छ ।

१३ गते  उम्मेदवारको मनोनयन पत्र र उजुरी निवेदनमाथि जाँचबुझ गरी माघ १४ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । उम्मेदवारको नाम फिर्ता लिने समय माघ १५ गतेलाई तय गरिएको छ ।

माघ १५ गते आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गर्ने भने, माघ २४ गते मतदानको कार्यतालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ