arrow

माओवादी केन्द्र : राष्ट्रिय सभाका १४ उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
maoist-head-quarter.jpeg

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने १४ जनाको नाम टुंगो लगाउने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश ईन्चार्ज सहित शीर्ष नेताको बैठकले माओवादीको भागमा परेका १४ उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा तीन शीर्ष नेतालाई दिएको हो ।  १४ जना राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिइएको छ। तीनै नेता बसेर मंगलबार अन्तिम निर्णय गर्ने तय भएको माओवादी नेताहरुले बताएका छन् ।

वाम गठबन्धनको संयुक्त कार्यदलले बनाएको खाकामा सात प्रदेशबाट निर्वाचित हुने ५६ मध्ये आफुहरुको पकडमा रहने ४३ सिट बाँडफाँड गर्दा माओवादीको भागमा १४ उम्मेदवार परेको हो । एमालेलाई २९ भाग परेको छ भने, १३ सिटमा अन्यदलसँग कुरा भइरहेको बताइन्छ । संयुक्त कार्यदलले तयार पारेको सहमतिको खाकालाई आइतबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ