arrow

राष्ट्रिय सभा चुनाव : प्रदेश ७ बाट काँग्रेसका ४ जनाको नाम टुंगियो, बद्री पाण्डेसँगै को–को ?

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
cong-news-aa.jpeg

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ ।

बैठकले प्रदेश ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट ( महिला), छत्रराज जोशी (अपाङ्ग) र सेरीराम पार्की (दलित) उम्मेदवार रहने निर्णय गरेको हो । अन्य प्रदेशका उम्मेदवार टुंगो लगाउनेबारे छनफल जारी रहेको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार दलित, अपाङ्ग वा अल्पसंख्यक संख्यकमा बहुमतीय र तीन महिला सदस्य र अन्य अर्थात् खुलामा एकल संक्रमणीय मत प्रणाली अपनाउने उल्लेख छ । जसले राष्ट्रिय सभामा काँग्रेसको पनि केही सिट सुरक्षित हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ