arrow

आन्दोलनकारीले गरेको फोहर सफा गर्दै उपमहानगरका वडा अध्यक्ष

logo
सुरेश श्रेष्ठ,
प्रकाशित २०७४ माघ ८ सोमबार
dang_news1.jpg

दाङ । प्रदेश राजधानीको माग गर्दै गरिएको ५ दिने बन्दका क्रममा बालेको टायरको टाटा मेटाउन तुलसीपुरबासीहरुले शुरु गरेका छन् । माघ ३ गते सरकारले प्रादेशीक अस्थायी मुकाम घोषणाको तयारीको सुईको पाएका स्थानीय माघ २ गतेदेखि नै सडकमा उत्रिएका थिए ।

सडक संघर्ष गर्दाका बखतमा बालिएका टायर र दाउराका कारण सडकमा थुप्रिएको खरानीलाई सफाई गर्न तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाह टोलबासीलाई साथमा लिई सरसफाईमा जुटेका हुन् ।

जनताले प्रशासनीक पहुँचका लागि अस्थायी राजधानीको मुकाम दाङमा हुनुपर्ने दवाव स्वरुप गरिएको स्वतस्फुर्त आन्दोलनका क्रममा भएका फोहरलाई सरसफाई गर्न शुरु गरिएको अध्यक्ष शाहले बताए ।

दङालीले मात्र होईन,स्वमय बुटवलबासीहरुलाई प्रदेशको केन्द्र दाङमा तोक्दा न्याय हुने लाग्छ,तर भएन,अव आन्दोलनका क्रममा भएको फोहरलाई सफाई गर्न जुटेको टोपबहादुर महतराले बताए । दाङमा प्रादेशीक राजधानीका लागि तुलसीपुर, बिजौरी, नारायणपु, घोराही, लमही, भालुवाङ, गढुवा, अमिलीया लगायतका स्थानमा दवाव मूलक आन्दोलन गरिएको थियो ।

तर पनि रुपन्देहीलाई प्रादेशीक राजधानीको अस्थायी मुकाम सरकारले माघ ३ गते तोकिदिएको थियो । दाङमै प्रादेशीक राजधानी मागगदै सरकारलाई पुनःविचार गर्न गरिएको आन्दोलनका क्रममा यातायात ठप्प गरिएको थियो भने टायर,दाउरा आदी बालेर दवाव मूलक कार्यक्रम भएका थिए । बिभिन्न पार्टीको प्रतिबता र आग्रहका कारण दङाली जनताले माघ ६ गते आन्दोलको स्वरुप परिर्वतन गरेको थिए । तर कुनैपनि अप्रिया घटना भने घटेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ