arrow

तीव्र गतीका मोटरसाइकल चालकको दुर्घटनामा मृत्यु

logo
प्रदिप आचार्य।
प्रकाशित २०७४ माघ ८ सोमबार
bike-accident.jpg

बुटवल, । तीब्र गतिमा मोटरसाईकल चलाउँदा सवारी दुर्घटनामा परि रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।

तीब्र गतिमा मोटरसाईकल चलाएका रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ तेनुहवा निवासी १८ बर्षीय ईन्जामुल मुसलमानको ट्राली ट्रयाक्टरमा पछाडीबाट ठोक्किएर भएको दुर्घटनापछि ज्यान गएको हो ।

लुम्बिनी बिकास कोष पेरिफेरि सडकखण्ड गेट नं. ७  स्थित लोखरिया चोकदेखि पडरिया चोकतिर गईरहेको लु २ त १०२६ नं. को ट्रयाक्टरलाई लु.५ प १९४१ न.को मोटरसाईकलमा सवार मुसलमानले उछिन्ने क्रममा मोड्न नसक्दा ट्रलीको पछाडी  भागमा ठोकिन पुगेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

सोमवार बिहान साढे १० बजे भएको दुर्घटना पछि स्थानीयले गम्भीर घाईते मुसलमानलाई उपचारार्थ भैरहवा मेडिकल कलेज लैजाने क्रममा बाटोमा मृत्यु भएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले बताए ।

चालक सहित ट्रली ट्रयाक्टरलाई प्रहरी नियन्त्रणमा राखी मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान कार्य अघि बढाईएको प्रहरी निरिक्षक क्षेत्रीले जानकारी गराए ।

मोटरसाईकल चालक मुसलमानले तीब्र गतिमा असावधानीपूर्बक मोटरसाईकल चलाउँदा ब्रेक हान्न समेत नसकेर सिधै ट्रलीमा ठोकिएको अनुसा्नधानका क्रममा देखिएको लुम्बिनी ट्राफिक प्रहरी पोष्टका प्रहरी हवलदार प्रकाश केसीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ