arrow

बुटवलमा तेस्रो जुत्ता मेला माघ १० बाट

logo
आचार्य प्रदीप।
प्रकाशित २०७४ माघ ८ सोमबार
shoes-mela-butwal-press-meet.jpg

बुटवल । बुटवलमा माघ १० गते देखि तेस्रो जुत्ता मेला हुने भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना र नेपाली जुत्ता घरको सह आयोजनामा बुटवलको बालमन्दिरमा माघ १० गते देखि १८ गते सम्म दोस्रो जुत्ता मेला हुन लागेको हो ।

आयोजकले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जुत्ता मेलाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष सुवोद्धमान सैजुले नेपाली जुत्ताचप्पलको प्रबर्द्धनका लागि जुत्ता मेलाको आयोजना गरिएको बताए ।

माघ १० गते देखि आयोजनामा हुने मेलामा विभिन्न कम्पनीले जाडो लक्षित जुत्ताहरु विक्रिमा राखिने बताए । मेलामा रु ७० देखि ७० प्रतिशत सम्म छुटको व्यवस्था गराइएको उनले बताए ।

मेलामा १ सय देखि १० हजार रुपैया सम्मका जुत्ता चप्पल विक्रिमा राखिने आयोजकको भनाई छ । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाली जुत्ताघरका प्रतिनिधी सुरज बञ्जाडेले ५ बर्षको अवधिमा नेपाली जुत्ता घरले आफनो सेवा विस्तार गर्दै देशभर पुर्‍याएको बताए ।

बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंहले स्वदेशी उद्योगको प्रबर्द्धन गर्दै गुणस्तरिय जुत्ताको विक्री गर्न आयोजकलाई सुझाव दिए । उनले नेपाली जुत्ता बलियो र गुणस्तरिय भएकोले प्रयोगमा पनि जोड दिनुपर्ने बताए ।

मेलामा शिखर सुज, विएफ डियरहिल सुज, क्रस रोड, शु ल्याण्ड, हाईलाईफ, रोयल शुज ब्राण्डका जुक्ताहरु मेलामा राखिने छ । मेलामा १ करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ