arrow

चीनले नेपालमा लगानी गर्दा भारतमा फेरि तनाव

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
china-nepal-india.jpg.jpeg

काठमाडौं । चीनले नेपाललार्इ सहयोग गरेर फेरि पनि भारतलार्इ चिढ्याउने काम गरेको छ । जहिलै पनि चीनले नेपाललाई गर्ने सहयोग भारतको लागि टाउको दुखार्इको विषय बन्ने गरेको छ । भारतको यस्ता सबै खालका टाउको दुखाईहरु भारतीय सञ्चार माध्यम मार्फत् आउने गरेको छ । 

चीनले नेपाललार्इ घरेलु विद्युत उत्पादन क्षमता बढाउने तथा २०१५ को भूकम्प पछि बिजुलीबाट बञ्चित परिवारको लागि बिजली सुविधा दिनको लागि ३२ हजार भन्दा बढी सौर्य ऊर्जाद्वारा चलनेवाला जेनेरेटर दिने निर्णयलाई पनि भारतले नेपालमा चिनियाँ प्रभावको रुपमा लिएको छ । चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले ३२ हजार जेनेरेटर नेपाललाई दिने भएको छ । सो एजेन्सीका अनुसार चीनले यो जेनरेटर अनुदानमा दिने भएको हो ।   

उता यो विषयलार्इ भारतीय सञ्चारमाध्यमहरुले भने केपी ओलीसँग जोडेर समाचार बनाएका छन् । भारतको समाचार संस्था नवभारत टाइम्सका अनुसार नेकपा एमालेका अध्यक्ष केपी ओली चीन समर्थक मानिन्छन् । तिनै अध्यक्ष ओली नेतृत्वको बाम गठबन्धनले बहुमत ल्याएको छ । यसरी बाम गठबन्धनले बहुमत ल्याएकोले आफ्ना सहयोगी देशहरुलार्इ सहयोगको हात फैलाउन थालेको चीनले नेपालमा पनि सहयोग बढाएको भारतको विश्वास छ। 

भारतीय मिडियाले जरूरी सामानको आपूर्तिका लागि मुख्य रूपले भारतमा निर्भर रहने नेपालले पछिल्लो केही वर्षदेखि चीनको प्रभावमा पर्न थालेको जनाएका छन् । चीन हिमालयका विभिन्न देशमा आफ्नो प्रभाव बढाउने प्रयासमा रहेको छ । यसको लागि चीनले अरबौं रुपैयाँ खर्च गरिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ